देवघाटमा ढुंगेधारा निर्माण

पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुंगेधारा निर्माण गरिएको छ। भरतपुर महानगरपालिका-१ को आँपटारी चोकदेखि देवघाट जाने बाटाको बीच क्षेत्रमा ढुंगेधारा निर्माण गरिएको हो। ढुंगेधारा निर्माण गरिएको ठाउँ मान्छेको मृत्यु भएपछि शव लैजाँदा विश्राम गर्ने स्थल हो।...

सम्बन्धित सामग्री

बीचबजार चोकमा शङ्खधर साख्वाको सालिक

धादिङको नीलकण्ठ नगरपालिका–३ बीचबजार चोकमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिक राखिएको छ । सालिकसँगै सर्वसाधारणका लागि कलात्मक ढुंगेधारा निर्माण गरिएको छ ।

जुम्लामा पाण्डवहरूले निर्माण गरेको धारा संरक्षण गरिँदै

जुम्ला : कुनै वेला खोलानाला, ताल, पोखरीलगायत पानीका स्रोतलाई पूजा गरी संरक्षण गर्ने प्रचलन पनि थियो तर अहिले यस्ता प्रचलन लोप हुँदै गएका छन्। दिनप्रतिदिन बढ्दै गएको जलवायु परिवर्तनका कारण पानीका मूल सुक्न थालेका छन्।जुम्लाको गुठीचौर गाउँपालिका-२ को भेडाबाख्रा अनुसन्धान केन्द्रनजिकै रहेको पानीको ढुंगेधारा सडक निर्माणको क्रममा खनिएको माटोमा पुरिएको थियो। त्यो देवल धारा भन्ने पानीको मुहान सडकभन्दा मुनितिर रहेकाले सडक खन्दा आएको पहिरोले पुरेको  त्यहाँका स्थानीयको भनाई छ।त्यहाँका

महानगरले ऐतिहासिक ढुंगेधारा संरक्षण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा)ले ऐतिहासिक ढुंगेधाराको संरक्षण र भूमिगत पानी पुनर्भरणका लागि अध्ययन अघि बढाएको छ । कामपाले उक्त कार्य वडा नं १५ बाट शुरू गरिसकेको छ । इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँगको सहकार्यमा उक्त काम शुरू गरिएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । ‘शुरुआतमा कामपाका ३२ ओटै वडामा कति ढुंगेधारा छन्, कतिमा पानी नियमित रूपमा आउँछ, कतिमा आउँदैन, पानी पुनर्भरण कतिमा गर्नुपर्छ भन्नेबारे अध्ययन गरेर सोही अनुसार काम भइरहेको छ,’ प्रवक्ता मानन्धरले भने । उनका अनुसार ढुंगेधारा प्रणालीसँग शहरी विकासको शृंखला जोडिएको छ । शहरलाई मानव बसोबास योग्य बनाइराख्न पानीका प्राकृतिक स्रोत तथा यसको पुनर्भरणको रैथाने विधिलाई वैज्ञानिक कोणबाट अध्ययन गर्न इञ्जिनियरिङ अध्ययन संस्थानसँग सहकार्य गरिएको उनले बताए । अध्ययनमा हिती (ढुंगेधारा) निर्माण, उपयोग तथा संरक्षणसम्बन्धी रैथाने ज्ञान र शीप, वर्तमान अवस्था, प्रणालीसँग धार्मिक, सामाजिक र परम्परागत स्थानहरूको सौन्दर्यको पक्ष समेटिनेछ । यस्तै प्राचीन प्रणालीसँग खानेपानीका आधुनिक पाइप लाइन विस्तारको सम्बन्ध हेरिनेछ । स्मारक तथा अन्य क्षेत्रमा भएका ढुंगेधारासम्बन्धी अभिलेख तयार गर्नु, तस्वीर संग्रह गर्ने कार्य पनि अध्ययनको क्रममा गरिनेछ । कामपाले अध्ययनमा प्राप्त जानकारीका आधारमा आकासे पानी संकलन तथा पुनर्भरण, ढुंगेधाराको दिगो उपयोग र संरक्षणसम्बन्धी प्रस्ताव तथा सिफारिश पनि गर्नेछ । अध्ययन विशेषगरी कामपाका भित्री वडा, जहाँ ऐतिहासिक ढुंगेधाराको संख्या बढी रहेको स्थानसहित ३२ ओटै वडामा रहेका ती सम्पदाको तथ्यांक र संरक्षणका लागि केन्द्रित छ । पछिल्लो समय कामपाले पनि कामपा–१७, १८ र १९ का केही ढुंगेधाराको संरक्षणको काम गरिरहेको छ । रासस

काठमाडौंमा रहेकाे गाहिटी धाराकाे उद्घाटन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १७ क्षेत्रपाटी धोबीचौरमा रहेको गाहिटी धाराको जीर्णोद्वारकाे गरिएको छ। ढुंगेधारा र आसपासको क्षेत्रमा सरसफाई गरी पार्क समेत निर्माण गरिएको हाे । जीर्णोद्वार गरिएको ढुंगेधारा र पार्कको आज बुधबार १७ नम्बरका वडाध्यक्ष नवीन मानन्धर र जीर्णोद्वार समितिका अध्यक्ष पुरुषोत्तम मजगैयाले उद्घाटन गर्नुभयो । वडाध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रवक्ता मानन्धरले महानगरपालिकाको […]

विनासको संघारमा मंगः हिति

ऐतिहासिक ढुंगेधारा तथा पोखरी संरक्षण संघका अध्यक्ष सुशिल श्रेष्ठ, स्थानीयको विरोधका बावजुत विश्वसम्पदा क्षेत्रमा ठूलो ढल निर्माण गर्दा मंगः हितिको पानीको मुहानमा क्षति पुगेको हुनसक्ने बताउनुहुन्छ ।

तयार भयो चमतिमा वृद्ध विश्राम भवनसहित पार्क

काठमाडौं । काठमाडौंको चमति जग्गा एकीकरण आयोजना क्षेत्रभित्र वृद्ध विश्राम भवनसहित पार्क निर्माण सम्पन्न भएको छ । स्थानीयवासीको जग्गा योगदानबाट प्राप्त भएको एक रोपनी १४ आना जमिनमा दुईतले भवनसहितको पार्क निर्माण गरिएको हो । पार्कलाई ज्येष्ठ नागरिकमैत्री बनाउन ठाउँठाउँमा देवीदेवताका मूर्ति राखिएका छन् । यस्तै, चैत्य र चारवटा ढुंगेधारा पनि राखिएका छन्...

‘काभ्रे स्मार्ट सिटी’ संरचना निर्माण प्रक्रिया तीव्र

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पुराना तीन नगर बनेपा, धुलिखेल र पनौतीलाई स्मार्ट सिटीको रूपमा विकास गर्न संरचना निर्माण प्रक्रिया तीव्र पारिएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयको स्मार्ट सिटीको माष्टर प्लानअनुसार ‘काभ्रे स्मार्ट सिटी’ निर्माण कार्यान्वयनको चरणमा छ ।     सरकारद्वारा छनोट गरिएको मुलुकको विभिन्न १३ स्थानमध्ये काभ्रे स्मार्ट सिटी पनि एक हो । स्मार्ट सिटी योजनाअन्तर्गत तीनै नगरले ऐतिहासिक सम्पदा मर्मतसम्भार तथा पुनर्निर्माण थालेका हुन् । सरकारले आर्थिक वर्ष २०७३/७४ मा पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा निजगढ, पालुङ्टार र लुम्बिनीलाई स्मार्ट सिटी बनाउने घोषणा गरेको थियो । सरकारले काभ्रेपलाञ्चोकको ‘काभ्रे सिटी’ समेटेर पुनः आव २०७४/७५ मा १३ पुर्‍याएको थियो । बनेपा नगरले मन्त्रालयको स्मार्ट सिटी योजनाअन्र्तगत नगरभित्रका पोखरी, पुराना ढुंगेधारा र मन्दिरको पुनर्निर्माण तथा मर्मतसम्भार शुरू गरेको छ । नगर उपप्रमुख रेखा दाहालले २ करोड बजेटबाट हाल ऐतिहासिक सम्पदाको मर्मत तथा पुनर्निर्माणको काम थालिएको बताए । उनका अनुसार ८ नम्बर वडास्थित ऐतिहासिक तला पुखु (पोखरी), दक्षु टोलमा रहेको तलाहिटीमा रहेको पुरानो ढुंगेधारा, लायकु राजमञ्च नजिकको तलेजु भवानी मन्दिरको मर्मतसम्भार गरिनेछ ।      यस्तै, वडा नम्बर ५ को पुरानो बजारमा रहेको तीनधरा (सोपुहिटी)को पुनर्निर्माण, बनेपाको गणेशस्थानमा रहेको त पुखु, र च्वापुखुको मर्मतसम्भार तथा पुनर्निर्माण शुरू भएको छ । बनेपा–१४ साँगामा अवस्थित पोखरीको समेत मर्मतसम्भार गर्न सम्झौता भइसकेको छ । ‘पुनर्निर्माण तथा मर्मतसम्भार शुरू गरिएका संरचना ऐतिहासिक महŒव झल्कने हिसाबले नै निर्माण गरिनेछ,’ दाहालले भने । पनौती नगरले स्मार्ट सिटी कार्यक्रमअन्तर्गत त्रिवेणीघाट क्षेत्रमा आउँदो बाह्रवर्षे मकर मेलालक्षित सोलार बत्ती जडानका लागि सम्झौता गरेको बताएको छ । साथै, पनौतीस्थित पुण्यमाता र रोशी खोलातर्फ सिँढी निर्माण गरिने नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए । यसैगरी जिल्लाको धुलिखेल नगरले कार्यक्रम अन्तर्गत ठूलीवनमा चार दशमलव ५ किलोमिटर अपांगतामैत्री इको–ट्रेल निर्माण, एक नम्बर वडास्थित देवीटारमा माउण्टेन स्पोटर््स ट्रेनिङ सेन्टर, बुद्ध–शान्ति पार्क निर्माण र वडा नम्बर ६ र ७ मा ऐतिहासिक रामनाम पोखरीको मर्मतसम्भार गरिने नगरका इञ्जिनीयर हरेराम हुमागाईंले बताए । ‘स्मार्ट सिटी’ नयाँ शहरको अवधारणामा विगतमा बनेको संरचनाभन्दा भिन्न सम्पूर्ण सेवा–सुविधायुक्त आधुनिक शहर हो । शहर स्मार्ट बन्न सडक, खानेपानी, अस्पताल, टेलिफोन, बैंक, पार्किङस्थल, खुला मैदान, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सूचना प्रणालीमा सरकार–जनतालगायत सम्पूर्ण सेवा–सुविधा एकै थलोमा हुनुपर्नेछ । तर, भौगोलिक अवस्था, जनताको जीवनस्तर, त्यहाँको अर्थतन्त्र र सम्भावनाअनुसार फरक–फरक हुन सक्नेछ । काभ्रेपलाञ्चोकको तीन नगर समेटिएको काभ्रे स्मार्ट सिटी योजनाका लागि एकमुष्ट ५ करोड बजेट विनियोजन भएको छ, जसमध्ये बनेपालाई २ करोड तथा धुलिखेल र पनौती नगरलाई  १ करोड ५० लाखका दरले बजेट विनियोजन गरिएको हो । सुशासन, सामाजिक सुरक्षा, स्मार्ट व्यवस्थापन, स्मार्ट प्रविधिबाटै आकस्मिक सेवाको उपलब्धता हुुनुपर्ने पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटा बताउँछन् । ‘स्मार्ट सिटी सूचना प्रविधिमैत्री हुनुपर्दछ, जहाँ स्थानीयले प्रविधिकै माध्यमबाट सेवा–सुविधा उपभोग गर्न पाउने व्यवस्था हुनुपर्छ,’ उनका अुसार ई–गभर्नेस पनि स्मार्ट सिटीको महŒवपूर्ण आधार हो । राष्ट्रिय योजना आयोगले भने स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट अर्थ–व्यवस्था, स्मार्ट पूर्वाधार गरी चार सूचकलाई स्मार्ट सिटीको आधार बनाएको छ । रासस

हात्तीसारको ढुङ्गेधाराबारे बैज्ञानिक उत्खनन् गरिने

काठमाडौं । काठमाडौं महानगरपालिका–१ हात्तीसारमा रहेको ढुंगेधाराको उत्खनन सुरु गरिएको छ । लिच्छिबीकालीन ढुंगेधारा पुरेर भवन निर्माण थालिएको भन्दै सम्पदा...

नेवारी संस्कृति झल्किने ढुंगेधारा निर्माण

प्यूठानको खलंगामा नेवारी संस्कृति झल्किने चार ढुंगेधारा निर्माण भएको छ । ३ सय वर्ष पुरानो नेवार बस्तीका रूपमा रहेको जिल्ला सदरमुकाम खलंगामा आठ ढुंगेधारामध्ये चारवटा सम्पन्न भएको हो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा.गोविन्दराज पोख्रेलले आफ्नै सक्रियतामा खलंगा प्यूठानमा निर्मित ढुंगेधाराको उद्घाटन गरेका छन् ।

खलंगामा नेवारी संस्कृति झल्किने ढुंगेधारा निर्माण

वैशाख १७, काठमाडौं । झण्डै ३ सय वर्ष पुरानो नेवार बस्तीका रुपमा रहेको प्युठान सदरमुकाम खलंगामा ८ वटा ढुंगेधारा निर्माण गरिएको छ । करिब ४० लाख रुपैयाँको लागतमा ती ढुंगेधाराहरु निर्माण गरिएको हो । ती ढुंगेधाराको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा.गोविन्दराज पोख्रेलले उदुघाटन गरेका छन् । उद्घाटनका क्रममा पोख्रेलले पुरानो परम्परा …