प्यूठानको खलंगामा नेवारी संस्कृति झल्किने चार ढुंगेधारा निर्माण भएको छ ।
३ सय वर्ष पुरानो नेवार बस्तीका रूपमा रहेको जिल्ला सदरमुकाम खलंगामा आठ ढुंगेधारामध्ये चारवटा सम्पन्न भएको हो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा.गोविन्दराज पोख्रेलले आफ्नै सक्रियतामा खलंगा प्यूठानमा निर्मित ढुंगेधाराको उद्घाटन गरेका छन् ।