काठमाडौं: चलचित्र संघ र निर्माता संघ बिचको विवाद टुङ्गोमा पुगेको छ। चलचित्र संघले नेपाली फिल्म हल र टिभीमा एकसाथ रिलिज गर्न नपाइने निर्णय गरेपछि विवाद चुलिएको थियो। विशेष गरी फिल्म 'रुद्रप्रिया' युनिट चलचित्र संघको निर्णय विपरित थियो।
किनकी फिल्म हल र डिजिटल टिभीमा एकसाथ प्रसारण हुने प्रचार गरिएको थियो।