माेरङ - माेरङकाे विराटनगर–७ मा रहेकाे गायत्री संस्कृत माविमा चार सय जना विद्यार्थी अध्ययनरत छन् । संस्कृत विषयको भाषा, साहित्य र योगशास्त्र अध्ययन अध्यापन हुने मोरङको यो पहिलो विद्यालयमा ४० जना मुस्लिम समुदायका बालबालिका विभिन्न कक्षामा अध्ययनरत छन् । फरक संस्कृति र परम्परा भए पनि मुस्लिम समुदायका बालबालिकामा संस्कृत अध्ययनमा माेह देखिन्छ ।
ती बालबालिका इस्लाम धर्मावलम्बी भए पनि हिन्दु धर्मको संस्कृति र परम्पराबारे जान्ने भएका छन् । स्वस्तिवाचनदेखि संस्कृतका विभिन्न मन्त्र जप्न र गायत्री मन्त्र प...