पुटिनको घोषणा र रुसको हमलापछि युक्रेनको राजधानीबाट भागिरहेका छन् जनता

 रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनमाथि सैनिक कारवाहीको घोषणापछि राजधानी कीएफबाट ठूलो संख्यामा जनता बाहिरिँदै गरेको देखिएको छ । पुटिनको घोषणालगत्तै युक्रेनको बमबारी र मिसाइल हमला सुरु भएको छ ।युक्रेनको राजधानी कीएफको इमर्जेन्सी साइरन बजे । तस्बिरमा देखिए अनुसार त्यसपछि मानिस शहरबाट भाग्न थाले र एक्सप्रेस वेमा अत्यधिक संख्यामा कार देखिन थाले ।Our basement in Kyiv now filling up with families with small children. The kids are holding colouring books. Heartbreaking— Luke Harding

सम्बन्धित सामग्री

एफ-१६ लडाकु विमानको पर्खाइमा युक्रेन, कुन-कुन देशले दिए शक्तिशाली प्रस्ताव ?

रुस र युक्रेनबीच एक वर्षभन्दा बढी समयदेखि जारी युद्ध चलिरहेको छ । २४ फेब्रुअरी २०२२ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विरुद्ध सैन्य कारबाही गर्ने घोषणा गरेका थिए । अहिलेसम्म यो युद्धको कुनै निर्णय हुन सकेको छैन । योसँगै युक्रेन पनि रुसविरुद्धको युद्ध लड्नबाट पछि हटेको छैन । यसै शृङ्खलामा अब युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले […]

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आकस्मिक युक्रेन भ्रमणमा

अमेरिकी विदेशमन्त्री ब्लिन्केन सेप्टेम्बर ८ मा कीभ आइपुगेको र युक्रेन लगायत १९ देशलाई २ अर्ब अमेरिकी डलर बराबरको विदेशी सैन्य सहायताको घोषणा गर्न त्यहाँ पुगेको युक्रेनको स्थानीय सञ्चार माध्यमले जनाएको छ।...

रुसलाई अन्तरराष्ट्रिय आतङ्कवादी घोषणा गरियोस् : युक्रेन

काठमाडौं : रुस - युक्रेन युद्ध सुरु भएयता २६ हजारभन्दा बढी संदिग्ध युद्ध अपराधका घटनाहरू भएको पाईएको छ। अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार युद्धका क्रममा १३५ जनालाई अभियोग लगाइएको भएपनि १२० जना फरार रहेका छन्।१५ जना युक्रेनी हिरासतमा रहेका छन्। अभियोजक जनरलको कार्यालय युद्ध अपराध विभागका प्रमुख युरी बिलोसोभले राजधानी किभमा पत्रकारहरुसँग कुरा गर्दै १३ वटा मुद्दाहरु अदालतमा परेका  र सातवटा मुद्दामा फैसला भइसकेको जानकारी दिए।यसैबीच रुस - युक्रेन युद्ध भएको १६५ दिनमा पुग्दा

रुस-युक्रेन द्वन्द्वका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

बुडापेस्ट । रुस र युक्रेन बीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले नयाँ सरकार गठनसँगै सङ्कटकाल घोषणा गरेका हुन् । उनले घोषणा गरेको आदेश यही मे २४ को मध्यरातदेखि लागू हुने घोषणामा उल्लेख गरिएको छ । सङ्कटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित हुने पनि उनले जानकारी […]

रुस-युक्रेन द्वन्द्वका कारण हंगेरीमा सङ्कटकाल घोषणा

रुस र युक्रेन बीचको द्वन्द्वले असर पारेको भन्दै हंगेरीमा सङ्कटकाल घोषणा गरिएको छ ।  नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले मङ्गलबार नयाँ सरकार गठनसँगै सङ्कटकाल घोषणा गरेका हुन् । उनले घोषणा गरेको आदेश यही मे २४ को मध्यरातदेखि लागू हुने घोषणामा उल्लेख गरिएको छ । सङ्कटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित हुने पनि उनले जानकारी दिए ।  रुस र युक्रेन बीचको द्वन्द्व निरन्तर चलिरहेकाले सङ्कटकाल घोषणा गर्नु परेको प्रधानमन्त्री अर्वानको भनाई छ । दुई देशको द्वन्द्

युक्रेन संकट : रुसद्वारा मारियोपोलमा युद्धविरामको घोषणा

रुसले मारियोपोलमा नागरिकलाई युद्ध क्षेत्रबाट बाहिर निकाल्नका लागि युद्धविरामको घोषणा गरेको छ । यद्यपि, युक्रेनकी उप–प्रधानमन्त्री इरिना वेरेशचुकले  उद्धारका लागि अन्तर्राष्ट्रिय ग्यारेन्टी आवश्यक रहेको बताएकी छिन् ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस यसै साता युक्रेन भ्रमणमा जाने भएका छन् । यसैबीच, भिन्नेसियाका गभर्नर सेरही बोर्जोभले रुसले महत्वपूर्ण स्थानहरुलाई निशाना बनाएको र यसैका कारण मृत्यु भइरहेको बताएका छन् ।रुसको दोस्रो ठूलो सहर खार्किभ, पूर्वी डोनबास, पश्चिमी

अमेरिका र रुसको टकरावले युक्रेन विभाजनको संघारमा

एजेन्सी, ७ फागुन । अमेरिका र रुसको युक्रेन मामलामा टकरावले युक्रेन विभाजनको संघारमा पुगेको छ । युक्रेनबाट अलग भएको घोषणा गरेको लुगान्स्क पिपल्स रिपब्लिकका प्रमुख लिओडेड पासेचनिकले हतियार चलाउन सक्ने उमेर समूहका नागरिकलाई युक्रेनको सम्भावित आक्रमणविरुद्ध संगठित हुन आव्हान गरेका छन् । उनले त्यहाँका रुसी मूलका नागरिकको सुरक्षाका लागि तयार रहेको बताएका छन् । १८ […]