रुसले मारियोपोलमा नागरिकलाई युद्ध क्षेत्रबाट बाहिर निकाल्नका लागि युद्धविरामको घोषणा गरेको छ । यद्यपि, युक्रेनकी उप–प्रधानमन्त्री इरिना वेरेशचुकले उद्धारका लागि अन्तर्राष्ट्रिय ग्यारेन्टी आवश्यक रहेको बताएकी छिन् ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस यसै साता युक्रेन भ्रमणमा जाने भएका छन् । यसैबीच, भिन्नेसियाका गभर्नर सेरही बोर्जोभले रुसले महत्वपूर्ण स्थानहरुलाई निशाना बनाएको र यसैका कारण मृत्यु भइरहेको बताएका छन् ।रुसको दोस्रो ठूलो सहर खार्किभ, पूर्वी डोनबास, पश्चिमी