काठमाडौं : रुस - युक्रेन युद्ध सुरु भएयता २६ हजारभन्दा बढी संदिग्ध युद्ध अपराधका घटनाहरू भएको पाईएको छ। अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार युद्धका क्रममा १३५ जनालाई अभियोग लगाइएको भएपनि १२० जना फरार रहेका छन्।१५ जना युक्रेनी हिरासतमा रहेका छन्। अभियोजक जनरलको कार्यालय युद्ध अपराध विभागका प्रमुख युरी बिलोसोभले राजधानी किभमा पत्रकारहरुसँग कुरा गर्दै १३ वटा मुद्दाहरु अदालतमा परेका र सातवटा मुद्दामा फैसला भइसकेको जानकारी दिए।यसैबीच रुस - युक्रेन युद्ध भएको १६५ दिनमा पुग्दा