रामेछाप नगरपालिका–५ रामपुरको साइटार भन्ने स्थानमा विवाह भोज खाएका एकै गाउँका ३४ जना बिरामी परेका छन्। विवाहको भोज खाएलगत्तै उनीहरूमा लगातार झाडा-वान्ता हुने र पेट दुख्ने समस्या देखिएको हो।
बिरामी परेका सबैजनालई स्थानिय...
काठमाडौँ- हुम्लामा रुघाखोकीका बिरामी बढ्न थालेका छन् । जिल्ला अस्पतालमा रुघाखोकी र श्वासप्रश्वासबाट बिरामी भएकाहरु उपचारका लागि आउने क्रम बढ्न थालेको हो । मौसममा एक्कासी आएको परिवर्तनका कारण बिरामी दैनिक बढिरहेका जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरीता बोहराले बताइन् । “दैनिक ८० देखि ९० सम्म बिरामी उपचारका लागि आउने गरेका छन् । जटिल प्रकृतिका बिमारीलाई भर्ना […]
नेपालगञ्जको भेरी अस्पतालले कोभिडका लागि छुट्याएको वार्डमा डेङ्गु लगायत बिरामी राखेको छ । यहाँ डेङ्गुको बिरामी ४६ जना छन् । कोभिडका बिरामी बढेपछि अस्पतालले छुट्टै वार्ड बनाएकोमा डेङ्गु लगायतका बिरामी बढेपछि उक्त वार्डमा ती बिरामीलाई राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.बद्री चापागाईँले बताए । उनले भने, “यो बिरामी बढ्ने मौसम हो । बिरामी बढेर राख्ने ठाउँ छैन ।” अस्पतालमा एक सय ५० शय्या छ । ठाउँ नभएपछि कुरुवाका लागि बनाइएको बेन्च, कुर्सीमा बिरामी बसेका छन
बागमती – मकवानपुरमा डेंगुका बिरामी बढ्न थालेका छन्। कोरोना सङ्क्रमणका बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। साउनको १५ दिनमा २८ जना डेंगु रोगको सङ्क्रमणबाट बिरामी भएको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए। हेटौँडा उपमहानगरपालिका–४ र ५ मा सो रोगको बिरामी देखिएको बताइएको छ। […]
काठमाडौँ,१ साउन । धादिङ जिल्लामा डेङ्गुका बिरामी बढ्न थालेका छन् । पछिल्लो एक महिनाको अवधिमा जिल्ला ४९ डेङ्गुका बिरामी पहिचान भएका हुन् ।बिरामी जाँच गराउन आएकामध्ये धादिङ अस्पतालमा ४६, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा एक गरी ४९ जनालाई डेङ्गुको सङ्क्रमण पुष्टि भएकोे हो । पोथी लामखुट्टेले टोकेर सङ्क्रमण हुने डेङ्गुको […]
गर्मी मौसममा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको जोखिम उपत्यकामा बढेको छ । जाडो मौसम लागिसके पनि उपत्यकाका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखिन थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार टेकु, कालीमाटी, घट्टेकुलो, मैतीदेवी क्षेत्रका बासिन्दामा डेङ्गु ज्वरोका बिरामी देखिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अन्य जिल्लाको तुलनामा काठमाडौँमा सबैभन्दा बढी डेङ्गुका बिरामी देखिएका छन् । महाशाखाका अनुसार गत साउनयता काठमाडौँमा ३२ जना डेङ्गुका बिरामी देखिएका
ललितपुर। कोभिड अस्पतालका रुपमा सञ्चालन गर्न सरकारसँग एमओयू गरेको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पतालले तयारी पूरा नगर्दा उपचारका लागि आएका बिरामी फर्किन थालेका छन्। संक्रमित बढ्दै गए पनि व्यवस्थापनप्रति अस्पतालको ध्यान पुग्न नसक्दा बिरामी फर्किनुपर्ने अवस्था आएको हो। श्वासप्रश्वासमा गम्भीर समस्या देखा परेका बिरामी बढी छन्। ज्वरोले बिरामी भएकी श्रीमती लिएर जाँदा अस्पतालले भर्ना नलिएको जनकपुरका रमेश खातुनले बताए।