डडेल्धुरा : अविरल वर्षापछि घरमाथिको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएकी आलिताल गाउँपालिका–८ कि ५० वर्षीया पर्वती खड्काका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सोमबार घरमै पुगेर पर्वतीका पति धनबहादुर खड्कालाई २ लाख रूपैयाँ राहत हस्तान्तरण गरेका हुन्।संघीय सरकारको मापदण्डअनुसार जिल्ला विपद् व्यवस्थापन समिति डडेल्धुराले खड्का परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो।सोही अनुसार राहत रकम हस्तान्तरण गरिएको प्रजिअ जोशीले बताए।घरनजिकै