साउन १४, काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले आज (बिहीवार) देखि संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले १२ हजार ५८७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।
उक्त लिलामी शेयरमा आवेदकले भदौ आठ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनत मूल्य प्रतिकित्ता रू. ३०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । शेयर खरीद गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी गराएको छ ।
भदौ ८ गते कार्यलय समयभित्र आएका बोलपत्रलाई भदौ ९ गते बिहान १० बजे विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लाजिम्पाटमा खोल्ने जानकारी गराएको छ ।