भदौ १९, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आइतवार बैंकिङ्ग समयसम्म रहेको छ ।
कम्पनीले ९ हजार १८७ कित्ता संस्थापक शेयर गत भदौ १५ गतेदेखि लिलामीमा ल्याएको हो ।शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ३०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता आवेदन दिन सकिने छ भने अधिकतम शेयर सख्याका लागि कुनै पनि हद नलाग्ने कम्पनीले बताएको छ ।
आइतवार कार्यालय समय भित्र प्राप्त भएका बोलपत्र भदौ २१ गते बिहान १० बजे एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा खोलिने पनि कम्पनीले बताएको छ ।आवेदन बुझाउने स्थान एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।