घरमै एकान्तबास बस्नेलाई थप सतर्कता आवश्यक

कोरोना (कोभिड–१९) हुँदा घरमै एकान्तबास (होम आइसोलेसन) बस्ने सङ्क्रमित उच्च जोखिममा रहने हुँदा उनीहरूले स्वास्थ्य अवस्थाप्रति थप सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन् । रुघाखोकी, ज्वरो, जीउ दुख्ने लगायतका स्वास्थ्य समस्या हुँदा तत्काल जाँच नगराई घरमै बस्दा उपचारमा ढिलाइ हुन सक्ने र त्यस्तो अवस्थामा जोखिम बढ्ने उहाँहरूको अनुभव छ । लक्षणविहीन अवस्था, हल्का रुघाखोकी र सामान्य लक्षण भएका व्यक्ति मात्र होम आइसोलेसनमा बस्न सुझाव दिँदै गम्भीर खालका लक्षण भएका सङ्क्रमित पनि होम आइसोलेसनमा बस्ने गरेका कारण जटिल समस्या सिर्जना भई अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

जाडोमा यसरी गर्नुहोस् घरमै व्यायाम

काठमाडौं : जाडो मौसममा चिसोका कारण शरीर काम्दा शक्ति खेर जाने भएकाले खाना पनि धेरै रुच्छ । धेरै खानेकुरा खाँदा  तौल बढ्छ । बढ्दो तौल कम गर्न सन्तुलित खानाका साथमा व्यायाम गर्न आवश्यक हुन्छ। व्यायामका लागि उपयुक्त मौसम जाडो नै हो। यद्यपि यतिबेला कतिले चिसोका कारण व्यायाम गर्न छोड्छन्। यसले गर्दा शरीरमा अनावश्यक मोटोपन देखिन्छ । प्रदुषित वातावरण तथा चिसो हुने भएकाले जाडोमा बिहान सबेरै मर्निङ वाक जान उपर्युक्त नहुने चिकत्सकको सुझाब छ। उमेरअनुसार घरमै वा क्लबमा योग, एरोबिक्स

भक्तपुरकी सय वर्षीय मोतिमायालाई प्रशासनले घरमै पुगेर दियो नागरिकता

भक्तपुर, ११ भाद्र। मध्यपुर थिमि-४ निवासी जेष्ठ नागरिक मोतिमाया बज्राचार्यले नागरिकता पाएकी छन्। एक शताब्दी उमेर पुगेकी उनलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले घरमै पुगेर नागरिकताको प्रमाण पत्र दिएको हो।आइतवार कार्यालयकी प्रशासकीय अधिकृत उर्मिला खतिवडा घिमिरे नागरिकता बोकेर बज्राचार्यको घरमै पुगेकी थिइन्। बज्राचार्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि आवश्यक भएको भन्दै परिवारले सम्पर्क गरेपछि घरमै पुगेर सेवा प्रदान गरिएको खतिवडाले जानकारी दिइन्।

भक्तपुरकी सय वर्षीय मोतिमायालाई प्रशासनले घरमै पुगेर दियो नागरिकता

भक्तपुर, ११ भाद्र। मध्यपुर थिमि-४ निवासी जेष्ठ नागरिक मोतिमाया बज्राचार्यले नागरिकता पाएकी छन्। एक शताब्दी उमेर पुगेकी उनलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले घरमै पुगेर नागरिकताको प्रमाण पत्र दिएको हो।आइतवार कार्यालयकी प्रशासकीय अधिकृत उर्मिला खतिवडा घिमिरे नागरिकता बोकेर बज्राचार्यको घरमै पुगेकी थिइन्। बज्राचार्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि आवश्यक भएको भन्दै परिवारले सम्पर्क गरेपछि घरमै पुगेर सेवा प्रदान गरिएको खतिवडाले जानकारी दिइन्।

घरमै पाउरोटी कसरी बनाउने ?

आवश्यक सामान : मैदा एक केजी, चिनी ५० ग्राम, इस्ट २० ग्राम, नुन १० ग्राम, ब्रेड इम्प्रुभर १० ग्राम, बटर १०० ग्राम, अन्डा तीनवटा, पानी ६ सय मिलि लिटर, ओभन । पकाउने विधि...

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

काठमाडौँ,१५ कार्तिक । नवलपरासीपूर्वको मध्यविन्दु नगरपालिका–९ की पुतलीकुमाल ७५ वर्ष पुगिन् । उमेर ढल्कँदै गएपछि विभिन्न स्वास्थ्य समस्याले उनी पीडित भएकीमा स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्यजाँच गराउन थालेपछि खुसी भएकि छन् । स्वास्थ्यकर्मीले घरमै आएर उच्च रक्तचाप, सुगर, दमलगायत रोग जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराएका छन् । सोही वडाकै ७८ वर्षीय रोशन सिंहलाई पनि […]

ग्रामीण भेगका वडामा छैनन् सुत्केरीका लागि आवश्यक स्वास्थ्य उपकरण

पोखराः आइतबार राती १० बजे बडिगाड गाउँपालिका ३ सिसाखानी बागलुङकी २६ वर्षीया महिलालाई सुत्केरी व्यथा लाग्यो। रातको करिब १ बजे घरमै बच्चा जन्माएकी उनको साल अड्क्यो। वडा नम्बर ३ मा बर्थिङ सेन्टर त थियो तर, वडामा रहेको बर्थिङ सेन्टरमा आवश्यक उपकरण नभएको र सरकारले तोकेअनुसार एसबिएको सर्टिफिकेट लिएको अनमी नभएपछि…

अशक्त, असहायलाई घरमै नागरिकता

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले अपांगता भएका, अशक्त, असहाय र ज्येष्ठ नागरिकका घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको छ।गाउँमै शिविर आयोजना गरी तथ्यांक संकलन गरेर नागरिकता प्रदान गर्न थालिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।अन्य कामका सिलसिलामा स्थानीय तहमा कर्मचारी खटिएका वेला नागरिकताका लागि आवश्यक कागजात संकलन गरेर जिल्ला प्रशासनमा ल्याउने र त्यसपछि नागरिकता बनाएर उनीहरूकै घरमै पठाउने गरिएको हो।उनले भने, ‘नागरिकता लिन जिल्ला सदरमुकाम पुग्न नसक्ने नागर

ज्येष्ठ नागरिकलाई घरमै नागरिकता प्रदान

बर्दिया : बारबर्दिया नगरपालिकाका ज्येष्ठ नागरिकले घरमै नागरिकता पाएका छन्। शारीरिक अशक्तताका कारण जिल्ला सदरमुकाम पुग्न नसकेका वडा नम्बर ८ की वतसिया थारु र वडा नम्बर ११ की कुलरिया थारुलाई घरमै नागरिकता दिइएको हो।सोमबार सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद ढकालको टोली उनीहरुको घरमै पुगेर आवश्यक प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरेको हो।यसअघि पनि जिल्ला प्रशासन कार्यालय बर्दियाले गेरुवा गाउँपालिकाका एक अशक्त व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरेको थियो। ७० वर्ष पूरा भएर पनि नागरिकत

संक्रमितको घरमै पुगेर जानकारी लिँदै स्वास्थ्यकर्मी

गुल्मी: गुल्मीदरबार गाउँपालिकाले कोरोना संक्रमितहरुको घरमै पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको छ।पालिकाभित्र रहेका संक्रमितहरुको घरमै पुगेर स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिने र स्वास्थ्य सामग्री प्रदान गरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। संक्रमितहरुलाई मास्क, स्यानिटाइजर, अक्सिमिटर आवश्यक औषधि वितरण गरिएको स्वास्थ्य शाखाका प्रमुख नारायणप्रसाद अर्यालले जानकारी दिए।संक्रमितहरुको आत्मबल बृद्धि गर्न, संक्रमणको समयमा अपनाउनुपर्ने उपायहरु र आवश्यक परामर्श दिनका लागि स्वास्थ्यकर

इद उल फित्र घरमै बसेर मनाउन मुस्लिम आयोगको अपिल

काठमाडौं : मुस्लिम आयोगले इद उल फित्र घरमै बसेर मनाउन अपिल गरेको छ। नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले कोभिड संक्रमणको जोखिम बढ्दै गएको हुँदा सामुहिक रुपमा नमाज नपढ्न र इद उल फित्र पनि घरमा नै बसेर मनाउन आग्रह गरे।यस्तै अध्यक्ष अन्सारीले स्थानीय स्तरमा आइसोलेसन तथा क्वारेन्टाइन केन्द्र बनाउन आवश्यक देखिए मस्जित तथा मदरसा उपलब्ध गराउन मस्लिम समुदायलाई आग्रह पनि गरे। मुस्लिम धर्माबलम्बीहरुले मान्ने हिजरी संम्वतको नवौं महिना रमादान महिना हुने र रमादान महिनाभर ब्रत (रोजा) बस्ने चलन छ।यो महि