अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको किमाथाङ्का नाका व्यवस्थित गरेर संचालनमा ल्याइने बताएका छन् । प्रेस सेन्टर संखुवासभाले खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अरुण करिडोर निर्माणसँगै चीनसँगको नाका किमाथाङ्कालाई व्यवस्थित गरिने बताएका हुन् । अरुण करिडोरको निर्माणले संखुवासभामा विकासको ढोका खुल्ने बताउँदै शर्माले संखुवासभामा अथाह प्राकृतिक स्रोत साधन रहेकाले त्यसको उपयोगबाट जिल्लालाई धनी बनाउन मद्दत पुग्ने उल्लेख गरे । आज नै एक अर्को कार्यक्रममा बोल्दै मन्त्री शर्माले अरुण नदीब