२९ जेठ, काठमाडौं । चर्चित र्याप तन्नेरी जी-बब अर्थात् सुदीप भण्डारी विवादमा तानिएका छन् । र्याप गायन आयोजक कम्पनी एएनटीएफले छोरालाई आर्थिक लगायतका विषयमा बन्धक बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शुक्रबार उनका बुवाआमाले उजुरी दिएका छन् । बुवाआमाको उजुरीपछि आफ्नो मानहानी भएको र स्वतन्त्रता दिलाउनुपर्ने माग गर्दै जी-बबले पनि प्रशासनमा उजुरी दिएका छन् । […]