एउटा भनाई निकै चर्चित छ । सबै महिला कामकाजी महिला हुन् तर केही थोरैले मात्रै तलब पाउँछन् । छोरीबाट बुहारी बनेपछि महिलामाथि कामको बोझ स्वतः थुप्रिन्छन् । एउटी बुहारीले श्रीमानका आमाबुवा, दाजुभाइ, दिदीबहिनीका सुखसुविधा र उनीहरूको भविष्यका लागि आफ्ना सारा ऊर्जाशील उमेर खर्चिन्छे । बदलामा न्याय, समानता, सम्मान र अपनत्वको अपेक्षा राखेका हुन्छन् । आफ्ना सन्तानका लागि एक महिलाले जस्तो सुकै दुःख पनि खुसीखुसी सहिदिन्छिन् । आफ्नो दक्षता के मा छ, आफूले जे जति गर्न सक्छन्, त्यसमा अघि बढेर घर धन्ध