वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने अनुगमन र कारबाहीको संख्या बढे पनि बजारको समस्या ज्युँका त्युँ देखिएको छ । बजार अनुगमन गरी मूल्य नियन्त्रण गर्ने मुख्य दायित्व पाएको विभागले दिनकै २/३ टोली खटाएर काम गरिरहेको छ । चाडबाडका क्रममा विशेष अनुगमन टोली बनाएरै अनुगमन गर्ने गरिएको छ । तर बजारमा विकृति घटेका छैनन् ।