काठमाडौं : देशको संघीय राजधानीका सपिङ सेन्टर आजकल रङ्गिन छन्। दशैँ, तिहार र छठलगायत पर्वहरू नजिकिएसँगै बजार झिलिमिली बनेको हो। शहरका ठूला सपिङ मलमा चङ्गै चङ्गा टाँगिएको छ। साँझपख सडकमा घुम्दा दीपावलीको झल्को दिनेगरी बजारमा झिलिमिली बत्ती बालिएको छ। आकर्षक बनाएर प्रतिस्पर्धात्मक बनाइएको बजारमा आगन्तुकको आकर्षण बढ्दो छ। लगातार चाडपर्वहरू आउने र यो बेला व्यापार बढ्ने हुँदा व्यापारीहरू आफ्नो व्यावसाय प्रतिष्ठानलाई सझाएका हुन्। दशैँ लागेसँगै काठमाडौंका विभिन्न ठाउँका बजारहरु सजिसजाउ देख्न स