जनकपुरमा गठबन्धन पाँचौं, कांग्रेसका वागीको फराकिलो अग्रता

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको जारी मतगणनामा गठबन्धनका उम्मेदवार पाँचौं नम्बरमा परेका छन् । नेपाली कांग्रेस त्यागेर वागी उम्मेदवार बनेका मनोज साहले मेयरमा अग्रता लिइरहेका छन् । उनको निर्वाचन चिन्ह घण्टाघरमा २३२ मत परेको छ । ७ सय मतगणना हुँदा नेकपा एमालेले मेयरमा ९५ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा आँप चुनाव चिन्हले ५३ […]

सम्बन्धित सामग्री

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङको फराकिलो अग्रता

स्याङ्जा । स्याङजा–२ मा सत्ता गठबन्धनका साझा तथा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले सुरूवातदेखि नै अग्रता कायम राख्नु भएको छ । उहाँलाई निकटम् प्रतिस्पर्धी नेकपा (एमाले) की उम्मेदवार पद्माकुमारी अर्यालले पछ्याइरहनु भएको छ । पछिल्लो मत परिणाम अनुसार गुरुङले २५ हजार ६५३ मत प्राप्त गर्नुभएको छ भने एमालेकी अर्यालले २२ हजार २१३ मत प्राप्त गर्नुभएको […]

धनराज गुरुङको फराकिलो अग्रता

स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधि सभातर्फको  मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले फराकिलो अग्रता बनाएका छन् । गुरुङले नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई २ हजार ५ सय बढी मतले पछि पारेका हुन् ।गुरुङले ८ हजार ८९९ मत ल्याउँदा अर्यालले ६ हजार ३८९ मत ल्याएकी छन् । यता, २(१) प्रदेश तर्फ कांग्रेसका भोजराज अर्यालले  १० हजार २४ मत ल्याउँदा एमालेका मोहन प्रसाद रेग्मीले ७ हजार २८६ मत ल्याएका छन् ।

चितवन- २ मा रवि लामिछानेको फराकिलो अग्रता कायमै

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको फराकिलो अग्रता कायमै छ । उनले २२ हजार १०१ मत पाउँदा एमालेका कृष्ण भक्त पोखरेल ९ हजार ४१२ पाएका छन् । यस्तै कांग्रेसका उमेश श्रेष्ठले ९ हजार ३०६ मत प्राप्त गरेका छन् ।

धादिङ–२ मा रामनाथ अधिकारीको फराकिलो अग्रता, एमालेका लोहनी पछ्याउँदै

काठमाडौं, ७ मंसिर । धादिङ–२ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका रामनाथ अधिकारीले सुरुवातदेखि नै फराकिलो अग्रता कायम राखेका छन् । अधिकारीले १५२२८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याएका एमालेका उम्मेदवार खेम लोहनीले ११८८० मत ल्याएका छन् । यो क्षेत्रमा अधिकारी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

झापा-१ मा कांग्रेस महामन्त्री शर्माको फराकिलो अग्रता कायमै

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको क्षेत्र नं १ मा फराकिलो अग्रता कायमै राखेका छन् । ७० हजार ३४१ मत गन्दा सत्ता गठबन्धनकाे साथ पाएका उनले ३४ हजार ५०८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले २१ हजार ८२८ मत पाएका छन् । शर्मा र […]

गोरखा १ मा कांग्रेसका बजगाईंको फराकिलो अग्रता

गोरखा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईंले फराकिलो अग्रता बनाएका छन् ।  १४ हजार २६४ मत गणना हुँदा बजगाईंले ८१६१ मत प्राप्त गरेका हुन् । यस्तै एमालेका रामशरण बस्नेतले ३२६१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६८३ मत पाएका छन् ।

बाँके-२ मा ईश्तियाकसँग फराकिलो अग्रता बनाउँदै धवलशमशेर

६ मंसिर, काठमाडौं । बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले जनता समाजवादी पार्टीका मोहम्मद ईश्तियाक राईसँग  फराकिलो अग्रता बनाइरहेका छन् । राणा १३ हजार ३५१ मतसहित अग्रस्थानमा रहँदा जसपाका राईले ८ हजार ५३९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले १ हजार ७५१ मत प्राप्त गरेका छन् । […]

झापा १ मा कांग्रेसका विश्वप्रकाशको फराकिलो अग्रता

काठमाण्डाै – झापाको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फराकिलो अग्रता बनाउनुभएको छ ।  सात हजार छ सय ९७ मतगणना गर्दा शर्माले तीन हजार नाै सय ६१ मत प्राप्त गर्नुभएको छ । शर्मालाई पछ्याउनुभएका नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले दुई हजार तीन सय ५९ मत प्राप्त गर्नुभएको छ ।  यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले सात सय ३५ मत प्राप्त गर्नुभएको छ । झापा १ मा प्रतिनिधि सभामा ८१ हजार आठ सय ६४ मत खसेको छ ।

झापा ५ मा ओलीको फराकिलो अग्रता

झापा । झापा ५ बाट उम्मेदवार बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक गणनामा फराकिलो अग्रता लिएका छन् । अहिलेसम्म ६२१५ मत गणना हुँदा ओलीले ३२१२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १५२३ मत प्राप्त गरेका छन् । The post झापा ५ मा ओलीको फराकिलो अग्रता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाँके-२ मा धवलशमशेरको फराकिलो अग्रता

५ मंसिर, काठमाडौं । बाँकेको क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो मतगणना अनुसार राणाले १ हजार २०० मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईले ४०० मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुदीपनरसिंह राणाले ९४ मत प्राप्त गरेका छन् ।