क्व्होलासोथार गाउँपालिकाका जनप्रतिनिधिले जाजरकोट भूकम्पपीडितलाई सहयोग रकम पठाएका छन् । अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष गमीमाया गुरुङ, ९ वटै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु गरी ४९ जनाले १० दिनको सेवा सुविधा भूकम्पपीडितका लागि पठाएका हुन् ।