भारतले गर्‍याे अफगानिस्तानका भूकम्पपीडितलाई सहयोग

गत बुधबारको भूकम्पबाट नराम्ररी प्रभावित भएको अफगानिस्तानका सर्वसाधारणलाई भारतले राहत सामग्रीको दोस्रो खेप हस्तान्तरण गरेको छ। त्यहाँस्थित राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय र अफगान रेड क्रिसेन्ट सोसाइटीलाई राहत सामग्री हस्तान्तरण गरिएको हो। त्रिपाल, झुल, कम्बल, ओढ्ने ओछ्याउनेलगायत सामग्री सहायता निकायलाई हस्तान्तरण गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। काबुलस्थित भारतीय राजदूतावासले स्थानीय सरोकारवालाहरूसँगको समन्वयमा बिहीबार मानवीय […]