ओखलढुंगा : सुनकोशी नदीमाथि निर्माणाधीन मोटरेवल पुल बाढीले भत्काएको छ। सिन्धुली र ओखलढंगा जोड्ने निर्माणाधीन नवलपुरको पक्की पुल सुनकोशीमा बुधबार राति आएको बाढीले बगाएको हो।ओखलढंगाको चम्पादेवी गाउँपालिका–१ पलापु र सिन्धुलीको फिक्कल गाउँपालिका–२ पोखरी जोड्ने बहुप्रतिक्षित निर्माणाधीन नवलपुरको मोटरेवल पक्की पुल बाढीले भत्काएको स्थानीय गंगा फुयालले जानकारी दिए।आर्थिक वर्ष २०७२/७३ बाट निर्माण सुरु भएको उक्त पुलको २०७८ असार १५ मा म्याद सकिदै छ। पुलको निर्माण कार्य चुण्डी–शर्मा ज