मधेस प्रदेशमा गठबन्धन ‘बहुमतविहीन’

काठमाडौं, मंसिर २२ । मधेस प्रदेशमा ‘कुन दलको मुख्यमन्त्री हुने?’ भन्ने चर्चासँगै चासो बढ्दो छ । दुवै गठबन्धन बहुमतविहीन हुँदा प्रदेश सरकार गठनका लागि जनमत पार्टी र स्वतन्त्र सांसद निर्णायक बनेका छन् । उनीहरू जता जान्छन्, सोही गठबन्धनको सरकार बन्ने निश्चित प्रायः देखिन्छ । मधेस प्रदेशमा ६४ प्रत्यक्ष र समानुपातिकबाट ४३ गरी कुल १ सय […]

सम्बन्धित सामग्री

आज चार प्रदेशले मुख्यमन्त्री पाउँदै, कुन प्रदेशमा को बन्दैछन् ?

बुधबार चार प्रदेशमा मुख्यमन्त्री पाउने भएका छन् । यसअघि नै तीन प्रदेशले मुख्यमन्त्री पाइसकेको अवस्थामा बुधबार मधेस प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले नयाँ मुख्यमन्त्री पाउन लागेको हो । त्यसका लागि आवश्यक तयारी

मधेस प्रदेशमा बन्ला जसपा र जनमतको ‘केमेस्ट्री’ ?

चुनावपछि केन्द्रमा राजनीतिक गठबन्धन परिवर्तन भएपछि मधेस प्रदेशमा पनि त्यसको प्रभाव परेको छ । मधेसमा अब कसको नेतृत्वमा सरकार बन्ला भन्नेबारे चर्चा सुरु भएको छ । यसअघिको सत्ता गठबन्धनमा सीके राउत नेतृत्वको जनमत पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी हावी थिए । यी दुवै दलले मधेस प्रदेश सरकारको नेतृत्वमा दाबी गर्दै आएका थिए ।जनमत पार्टीका अध्यक्ष सीके राउतले तत्कालीन गठबन्धनका नेताहरूसँग कुरा गर्दा मधेस प्रदेशमा आफ्नो दलले नेतृत्व पाउनुपर्ने दाबी गरेका थिए । केन्द्रमा सरकार

मधेस प्रदेश : प्रमुख नेताहरु दोहोरिने दाउमा, माओवादीलाई गठबन्धनकै भर

अगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धन सिट बाँडफाँटका लागि प्रयासरत छ भने आकांक्षी उम्मेदवारहरु आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा सक्रिय देखिएका छन् । मधेस प्रदेशमा विभिन्न दलबाट उम्मेदवारका आकांक्षीहरु आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो पक्षमा माहोल बनाउन क्रियाशील भइरहँदा केही नेता भने निर्वाचन क्षेत्र छनोटमै अलमलिएका छन् । मधेस प्रदेशका कतिपय प्रभावशाली नेताहरु भने २०७४ कै चुनाव क्षेत्रमा दोहोर्‍याएर उम्मेदवार बन्ने योजनामा छन् ।लोकतान्त्रिक समाजवादी पार्टीका नेता अन

मधेस प्रदेश: उम्मेदवार टुङ्गो लगाउन दलहरूलाई सकस

वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटका लागि दलहरूको बैठक केही दिन देखि निरन्तररुपमा जारी रहेको छ । गठबन्धनको बैठकलगायत विभिन्न दलको बैठक अझैसम्म पनि जारी नै रहेकाले उम्मेदवारी छनोट अहिलेसम्म पनि हुन सकेको छैन ।नेपाली काँग्रेससँग अन्य गठबन्धन दलको तालमेल हुन नसक्दा काँग्रेस इतरका दलहरूको बैठक अझैसम्म पनि जारी नै छ । माओवादी, जसपा र एकीकृत समाजवादीको संंयुक्त बैठक जारी नै रहेको नेकपा माओवादी केन्द्र मधेस प्रदेशका सचिव योगकुमार बरबरियाले जानकारी दिए । मधेस प्रदेशमा नेपाली क

मधेस प्रदेश : गठबन्धन घटकबीच कतै तालमेल, कतै मित्रवत प्रतिस्पर्धा गर्ने सहमति

मधेस प्रदेशमा सत्तारुढ गठबन्धनले कतै आपसमा तालमेल गर्ने, कतै मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । सोमबारदेखि जारी पाँच दलीय गठबन्धनको बैठकले बुधबार यस्तो निर्णय गरेको हो ।बैठकपछि जारी चार बुँदे सहमतिपत्र अनुसार सत्ता गठबन्धन घटकबीच चुनावी तालमेल हुन नसकेका पालिकामा आपसमै मित्रवत् प्रतिस्पर्धा हुनेछ । गठबन्धनमा आवद्ध सबै दलबीच सहमति हुन नसकेका पालिकामा दुई वा दुईभन्दा बढी दलबीच तालमेल गर्न सक्ने गरी बैठकले निर्णय गरेको छ । सत्ता गठबन्धनभन्दा बाहिरका दलसँग भने गठबन्धनमा आवद्ध कुनै पनि दलले

मधेश प्रदेशमा गठबन्धन दलले जिल्ला अध्यक्षहरूसँग छलफल गर्दै

मधेस प्रदेश पाँच दलीय गठबन्धन जिल्ला अध्यक्षहरूसँग छलफल गर्ने भएको छ । आइतबारदेखि सुरु भएको गठबन्धनको बैठक स्थगित गरेर गठबन्धनले प्रदेशका आठवटै जिल्लाका अध्यक्षहरूसँग छलफल गर्ने भएका हुन् ।जिल्ला अध्यक्षहरूसँग पालिकाको अवस्था बुझ्न छलफल गरिने जनाइएको छ । गठबन्धनको बैठक नेपाली काँग्रेस मधेस प्रदेश कार्यालयमा बस्ने बैठकमा जिल्ला अध्यक्षहरूसँग दुई चरणमा छलफल गरिने नेकपा माओवादी केन्द्र मधेश प्रदेश इन्चार्ज गणेश साहले जानकारी दिए ।तालमेलको मोडालिटी टुंगो लगाउनु अघि जिल्ला अध्यक्षहरूसँग छलफल गरिन लाग

मधेस प्रदेशमा चुनावी तालमेलबारे छलफल गर्न गठबन्धन दलको बैठक बस्दै

केन्द्रीय तहमा सत्तारुढ गठबन्धनको कुराकानी भइरहँदा प्रदेशस्तरमा पनि गठबन्धनका लागि दलहरू एकजुट भएका छन् । मधेस प्रदेशमा स्थानीय तहमा पनि चुनावी गठबन्धन र तालमेलबारे छलफल गर्नका लागि नेपाली काँग्रेसको मधेस प्रदेश कार्यालयमा सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा सत्तासीन राजनीतिक चार दलको बैठक बस्न लागेको नेकपा माओवादी केन्द्र मधेस प्रदेशका सचिव योगकुमार बरबरीया जीवनले जानकारी दिए । सो बैठकमा सहभागी हुने दलले आ–आफ्नो पार्टी संगठनको अवस्थाबारे, चुनावी तालमेल र गठबन्धनको वि

राष्ट्रियसभा निर्वाचन: मधेस प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा मधेस प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच गठबन्धन गर्ने सहमति भएको छ । मधेस प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन गर्ने सहमति आज (बिहिबार) भएको हो । मधेस प्रदेशको राजधानी जनकपुरधाममा एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपा मधेस […]

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा एमाले–लोसपा गठबन्धन

राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशमा विपक्षी दलबाट नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन गर्ने सहमति भएको छ । सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपाकुमारी यादवलाई दुबै पार्टीले एकअर्कालाई मतदानमा सघाउनेछन् । बिहीबार भएको सहमतिमा एमालेका मधेस प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गरेका छन् । दुई पार्टीबीच गठबन्धन भएपनि यसअघि नै सत्तारुढ गठबन्ध