चुनावपछि केन्द्रमा राजनीतिक गठबन्धन परिवर्तन भएपछि मधेस प्रदेशमा पनि त्यसको प्रभाव परेको छ । मधेसमा अब कसको नेतृत्वमा सरकार बन्ला भन्नेबारे चर्चा सुरु भएको छ । यसअघिको सत्ता गठबन्धनमा सीके राउत नेतृत्वको जनमत पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी हावी थिए । यी दुवै दलले मधेस प्रदेश सरकारको नेतृत्वमा दाबी गर्दै आएका थिए ।जनमत पार्टीका अध्यक्ष सीके राउतले तत्कालीन गठबन्धनका नेताहरूसँग कुरा गर्दा मधेस प्रदेशमा आफ्नो दलले नेतृत्व पाउनुपर्ने दाबी गरेका थिए । केन्द्रमा सरकार