आज भेटिए ३२ जना संक्रमित, देशभर २१७ सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३२ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ९४ जनामा गरिएको परीक्षणमा ३२ जना संक्रमित भेटिएका हुन्।मन्त्रालयको विवरणअनुसार पछिल्लो एक हप्ताको अवधिमा आज सबैभन्दा धेरै संक्रमित भेटिएका हुन्। शनिबार २० जना र आइतबार ९ जना संक्रमित भेटिएका थिए।यस्तै आज २३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर २१७ जना संक्रिय संक्रमित रहेका छन् भने उपत्यकामा ६१ जना रहेका छन्। देशभर एकजना संक्रमित आइसियुमा उपचाररत छ

सम्बन्धित सामग्री

२४ घण्टामा ३२ जना कोरोना संक्रमित थपिए

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ३१ पुगेको छ। आइतबार १२ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १३३ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको […]

१३६ संक्रमित थपिए, १४ जना आइसियु र भेन्टिलेटरमा उपचाररत

काठमाडौं : नयाँ वर्षको पहिलो दिन देशभर १३६ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १४२४ वटा नमुनाको परीक्षण गर्दा १३६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो। यस्तै, आज ६८ जना संक्रमित संक्रमणमुक्त भएका छन्। संक्रमित बढ्दै जाँदा नेपालमा कोभिडको सक्रिय संक्रमितको संख्या पनि बढ्दै गएको छ। हाल देशभर ४०१ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। यस्तै, हाल काठमाडौं उपत्यकामा ३२ जना संक्रमित संस्थागत

दशैँको दिन १० जनामा कोरोना संक्रमण

काठमाडौँ – दशैँको दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभर ९ सय ७८ जनामा परीक्षण गर्दा १० जना मात्रै कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको विवरणअनुसार आज ७६ जना निको भएका छन्। हाल देशभर ७ सय ३२ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी देशभर ३१ हजार […]

कोरोना अपडेट : आज भेटिए १० जना संक्रमित‚ ७६ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १० जना मात्रै कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ सय ७८ जनामा गरिएको परीक्षणमा १० जना संक्रमित थपिएका हुन्। आज ७६ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ७ सय ३२ जना सक्रिय संक्रमित रहेका छन्। यसका साथै हाल देशभर ३१ हजार १०३ जना डेंगु संक्रमित रहेका छन्। गत साउनयता बढ्दै गएको डेंगुबाट हालसम्म ४१ जनाको मृत्यु भइसकेको छ।

आज भेटिए १७ जना कोभिड संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १७ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार २ हजार १७३ जनामा गरिएको परीक्षणमा १७ जना संक्रमित भेटिएका हुन्। यस्तै आज ११ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर भर १०७ जना सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकामा ३२ जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म देशभर ९६ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।

घट्दै कोरोना जोखिम देशभर आइसियू र भेन्टिलेटरमा उपचार गराउने संख्या शून्य

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १५ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ५४७ जनामा गरिएको परीक्षणमा १५ जना संक्रमित भेटिएका हुन्।आज ३२ जना संक्रमित संक्रमण मुक्त भएका छन् भने २४ घन्टामा कोभिडबाट हुने मृत्यु शून्य रहेको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभर २९८ जना सक्रिय संक्रमित रहेका छन्। कोरोनाबाट आइसियू र भेन्टिलेटरमा उपचार हुने संख्या आज शून्य रहेको छ।

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५४७ जनामा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा ३२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २९८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ५ हजार ७२८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

३ हजार ५४० जनामा संक्रमण पुष्टि, मृतकको संख्यामा ३२ जना थप

देशभर थप ३ हजार ५४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ४९ तथा एन्टिजेन विधिबाट ४९१ जनामा संक्रमण पुष्टि भएको हो ।यही अवधिमा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् । यता, मृतकको संख्यामा ३२ जना थप भएका छन् । यसमध्ये वीरेन्द्र अस्पतालले ढिला गरी १२ जनाको मृत्युको रिपोर्ट दिएको हो भने बाँकी २० जना विभिन्न अस्पतालबाट १३ देखि १६ गतेसम्म प्राप्त भएको तथ्यांक हो । हाल देशभर ८३ हजार ९९९ जना सक्रिय संक्रमित रहेका छन् ।

आज काठमाडौं उपत्यकामा सक्रिय संक्रमित ७ हजार ६१९ जना

काठमाडौं । काठमाडौं उपत्यकामा तीन जिल्लामा आज सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ६१९ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये काठमाडौंमा ५ हजार ५७४ जना, ललितपुरमा १ हजार ११३ जना र भक्तपुरमा ९ सय ३२ जना रहेका छन्।

काठमाडौं महानगरपालिकाभित्र मात्र ५६० सक्रिय संक्रमित

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरुमा मात्र कोरोना भाइरसका ५६० जना सक्रिया संक्रमित रहेका छन्।काठमाडौं महानगरपालिकाका अनुसार सक्रमितमध्ये ५१३ जना होम आइसोलेसनमा रहेका छन् भने ३२ जना अस्पतालमा र १५ जना संस्थागत आइसोलेसनमा छन्। महानगरपालिकामा सबैभन्दा बढी सक्रिय संक्रमित वडा नं.१६ मा छन्। उक्त वडामा सक्रिय संक्रमितको संख्या ७३ रहेको छ।