काठमाडौं महानगरपालिकाभित्र मात्र ५६० सक्रिय संक्रमित

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरुमा मात्र कोरोना भाइरसका ५६० जना सक्रिया संक्रमित रहेका छन्।काठमाडौं महानगरपालिकाका अनुसार सक्रमितमध्ये ५१३ जना होम आइसोलेसनमा रहेका छन् भने ३२ जना अस्पतालमा र १५ जना संस्थागत आइसोलेसनमा छन्। महानगरपालिकामा सबैभन्दा बढी सक्रिय संक्रमित वडा नं.१६ मा छन्। उक्त वडामा सक्रिय संक्रमितको संख्या ७३ रहेको छ।

सम्बन्धित सामग्री

देशभर १३३ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा कोभिड-१९ का १० जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ७६८ जनामा गरिएको परीक्षणमा १० जना संक्रमित भेटिएका हुन्। आज १६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर १ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् भने उपत्यकामा ३० जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म देशको ९५ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोप लगाइसकेका छन्।

तीन वटा जिल्लामा मात्र कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित

काठमाडौं, ललितपुर र कास्कीमा मात्र पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

३७ हजार सक्रिय संक्रमित रहेको उपत्यकामा प्रशासनको एकपछि अर्को कडाइ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ३७ हजार बढी सक्रिय संक्रमित रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ जना गरी कुल ९७ हजार ९३ सक्रिय संक्रमित रहेका हुन् । जबकी देशभर सक्रिय संक्रमित ५७ हजार ३२८ जना रहेका छन् । यो भनेको देशभर रहेका कुल सक्रिय संक्रमितमध्ये ६४.७० प्रतिशत उपत्यकामै छन् । जनघनत्वका साथै स्वास्थ्य मापदण्ड पालनामा लापरबाहीलगायतका कारण उपत्यकामा कोरोना संक्रमण भयावह बनेको हो । ओमिक्रोन भेरियन्ट छिटो फैलिने कार...

सात जिल्लामा कोरोनाको पाँच सयभन्दा बढी सक्रिय संक्रमित

मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र कास्कीमा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित छन्।

४५ जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित

काठमाडौं। देशका ४५ वटा जिल्लामा कोभिड–१९ का पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार प्रदेश १ का तीन, प्रदेश २ का ८, बागमतीका १२, गण्डकीका ४, लुम्बिनीका ९, कर्णालीका २ र सुदुरपश्चिमका ६ जिल्लामा हाल पाँच सय बढी सक्रिय संक्रमित रहेको देखिएको हो। अन्य १४ जिल्लामा दुई सय बढी सक्रिय संक्रमित रहेका छन्।

काठमाडौं उपत्यकामा साढे २९ हजारभन्दा बढी सक्रिय संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंमा कोरोना भाइरसका २९ हजार ५ सय २५ जना सक्रिय संक्रमित रहेको जनाएको छ। मन्त्रालयकाअनुसार काठमाडौंमा १७ हजार ८ सय ७९, ललितपुरमा ६ हजार ८ सय ४५ र भक्तपुरमा ४ हजार ८ सय १ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।