‘सरकारी निकायकै कारण कोरोना जोखिम बढ्यो’

काठमाडौं। कोरोना महामारीका कारण २५ जनाभन्दा बढी एक ठाउँमा भेला हुन पाउँदैनन्। तर, सरकारी निकायमा हुने भीडभाड, सभा÷सम्मेलनका कारण संक्रमण बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उद्घाटन, सभा सम्मेलन जस्ता भीडभाड हुने कार्यले संक्रमण बढिरहेको बताए।‘भीडभाड नगर्नुहोस्, मापदण्डको पालना गर्नुहोस् त भनेका छौं। तर, सरकारी निकाय, राजनीतिक दल लगायतले मानेका छैनन्’, उनले भने।

सम्बन्धित सामग्री

कोरोना जोखिम बढ्यो, सबै स्थानीय तहमा क्वारेन्टाइन र होल्डिङ सेन्टर बनाइने

बैतडी : भारतसँग सीमा जोडिएको बैतडी जिल्लाका सबै स्थानीय तहमा क्वारेन्टाइन र होल्डिङ सेन्टर निर्माण गरिने भएका छन्। कोरोना संक्रमण फेरि फैलन सक्ने भन्दै त्यसबाट बच्न पूर्वतयारीस्वरुप सबै पालिकामा होल्डिङ सेन्टर र क्वारेन्टाइन निर्माण गरिने भएको हो।जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाको चौथो लहरको जोखिम बढेकोले त्यसबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।प्रत्येक स्थानीय तहमा होल्डिङ सेन्टर निर्माण अघि बढाउने र दशरथचन्द

सर्वसाधारणले निषेधाज्ञा नटेर्दा झापामा कोरोना जोखिम बढ्यो

झापा : सर्वसाधारण जनताले स्वास्थ्य मापदण्डसँगै निषेधाज्ञाको पालना नगरिदिँदा झापामा दोस्रो लहरको कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। भारतको पश्चिम बङ्गाल र विहारसँग जोडिएको १४४ दशमलव २ किलोमिटर खुला सीमा रहेको झापामा दिनप्रतिदिन नयाँ भेरियन्टका सङ्क्रमित सङ्ख्या थपिँदै गएको छ।  जिल्लामा सोमबार मात्रै ५९ महिला र ९० पुरुष गरी १४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए।आइतबार ३८, शनिबार ७२, शुक्रबार ५६, बिहीबार ५०, बुधबार ५०, मंगलबार

सुदूरपश्चिममा कोरोना जोखिम बढ्यो, तर आइसियू र भेन्टिलेटर बढेनन्

कोरोना भाइरस कोभिड– १९ को दोस्रो छालको असर सुदूरपश्चिम प्रदेशमा पनि देखिएको छ । तर, सुदूरपश्चिममा कोरोना