बैतडी : भारतसँग सीमा जोडिएको बैतडी जिल्लाका सबै स्थानीय तहमा क्वारेन्टाइन र होल्डिङ सेन्टर निर्माण गरिने भएका छन्। कोरोना संक्रमण फेरि फैलन सक्ने भन्दै त्यसबाट बच्न पूर्वतयारीस्वरुप सबै पालिकामा होल्डिङ सेन्टर र क्वारेन्टाइन निर्माण गरिने भएको हो।जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाको चौथो लहरको जोखिम बढेकोले त्यसबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।प्रत्येक स्थानीय तहमा होल्डिङ सेन्टर निर्माण अघि बढाउने र दशरथचन्द