सर्वसाधारणले निषेधाज्ञा नटेर्दा झापामा कोरोना जोखिम बढ्यो

झापा : सर्वसाधारण जनताले स्वास्थ्य मापदण्डसँगै निषेधाज्ञाको पालना नगरिदिँदा झापामा दोस्रो लहरको कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। भारतको पश्चिम बङ्गाल र विहारसँग जोडिएको १४४ दशमलव २ किलोमिटर खुला सीमा रहेको झापामा दिनप्रतिदिन नयाँ भेरियन्टका सङ्क्रमित सङ्ख्या थपिँदै गएको छ।  जिल्लामा सोमबार मात्रै ५९ महिला र ९० पुरुष गरी १४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए।आइतबार ३८, शनिबार ७२, शुक्रबार ५६, बिहीबार ५०, बुधबार ५०, मंगलबार