एनआईसी एशिया बैंकले ल्यायो अनलाइन भेरिफाइ गर्न सकिने सुविधा

काठमाडौं, १९ जेठ । एनआईसी एशिया बैंकले आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै आफैं भेरिफाइ गर्न सकिने सुविधा ल्याएको जनाएको छ । बैंकको अनुसार ग्राहकहरुले अनलाइन सुविधासँगै बैंकका ग्राहकले कनेक्ट आइपीएसमा लिंक गरिएको खाता भेरिफाइ गर्न बैंकको शाखा पुग्नु नपर्ने र अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सक्नेछन् । अनलाइन सेल्फ भेरिफाइ […]

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सार्वजनिक गरेको छ । यस पोर्टलमार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिसम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी दिने भएको छ । यसको लागि ग्राहकहरुले लिलाम बिक्रीसम्बन्धी प्रकाशन गरिएको सूचनामा […]

एनआईसी एशिया बैंक र दराजबीच छुट दिने सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र दराजबीच छुट प्रदान गर्ने सम्झौता भएको छ । दसैँको उपलक्षमा दराज ई–कमर्सबाट अनलाइन किनमेल गर्ने बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्झौता भएको बैंकले जनाएको छ । सम्झौताअनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा २ हजारसम्मको छुट उपलब्ध हुनेछ । यस्तै, क्रेडिट कार्डमार्फत...

एनआईसी एशियाले ल्यायो डिम्याट खाता खोल्दा उपहार योजना, हरेक साता ६७ जनाले पाउने

एनआईसी एशिया क्यापिटलले नेपालमै पहिलो पटक निक्षेप सदस्य सेवा अन्तर्गत विभिन्न उपहार योजनाहरु सार्वजनिक गरेको छ। अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा एन आई सी एशिया क्यापिटलले पहिलो पटक निक्षेप सदस्य सेवा अन्तर्गत “एन आई सी एशियाको डिम्याट खाता साथमा, हप्तै पिच्छे उपहारको बहार हातमा” भन्ने नारा सहित विभिन्न उपहार योजनाहरु सार्वजनिक गरेको हो।अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा क्यापिटलले डिम्याट खाता खोल्ने खातावालाहरु मध्येबाट गोलाप्रथा विधिबाट  छनौट गरि विभिन्न उपहार प्रदान गर्ने जनाएको छ। क्यापिटलले हरेक साता २ जनालाई स्मार्ट वाच, ५ जनालाई एनआईसी एसिया क्यापिटलले संचालन गरेको खुलामुखी म्युचुअल फण्ड योजनाको १०० इकाई, ५ जनालाई आजीवन डिम्याट शुल्क छुट, ५ जनालाई निशुल्क डिम्याट तथा मेरो शेयर खाता खोल्ने कुपन, र ५० जनालाई एनआइसी एसियाको न्युजलेटर प्रदान गरिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार २०७८ साल पौष १८ गते देखि २०७८ साल फाल्गुण मसान्तसम्म एन आई सी एशिया क्यापिटल तथा क्यापिटलको शाखा कार्यालयहरु, एनआईसी एशिया बैंक लिमिटेडको शाखा कार्यालयहरु र अनलाइन मार्फत डिम्याट खाता खोल्ने यस उपहार योजनामा समावेश हुन सक्ने छन् । भाग्यशाली खातावालाहरुको नामवली र उपहारको विवरण क्यापिटलको आधिकारीक सोसियल मिडिया पेज मार्फत प्रकाशित गरिने क्यापिटलले जनाएको छ। क्यापिटलले विगतका वर्ष देखि नै “एक नेपाली, एक डिम्याट खाता अभियान ' संचालन गरिरहको छ।

दराजको दशैं अफर: निःशुल्क सिपिङ, सामान किन्दा ७० प्रतिशतसम्म छुट

नेपालको अनलाइन बजार, दराजले आफ्नो वार्षिक उत्सव अभियान – दराज दशैं धमाका सुरु भएको घोषणा गरेको छ। यो अभियान असोज १० (सेप्टेम्बर २६) देखि सुरु हुने छ र यस्मा ग्राहकहरुले १० लाख भन्दा बढी उत्पादनहरुमा मज्जाको छुट पाउने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार अभियानको मुख्य आकर्षणहरु भने निः शुल्क शिपिंग, अनलाइन प्री–पेमेन्टमा २०% (अधिकतम रु २,५००) को छुट, रु ५००० सम्मको मेगा भाउचर , ५०,००० मूल्यको उत्पादन रु १ मा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कूटर रहेको छ। त्यसैगरी, दराजको नयाँ लाइभ स्ट्रिमि सुविधाले ग्राहकहरुलाई अभियानको अवधिमा हरेक दिन भाउचर जित्ने मौका पनि प्रदान गर्ने कम्पनिको दाबी रहेको छ। अभियानको अन्य हाइलाइटहरु भने रश आवर, इमेज रिभिउ एण्ड विन, नयाँ प्रयोगकर्ताको लागि भाउचर, खेल क्षेत्रहरु, फलो एण्ड विन, विक्रेता वाउचर र फटाफट डिल रहेको कम्पनीले जनाएको छ ।यस अभियानन अन्तर्गत डेबिट कार्डको माध्यमबाट २०% (अधिकतम रु २००० छूट) र क्रेडिट कार्डको माध्यम बाट २०% (अधिकतम रु २,५०० छुट) सम्म बचत गर्न सक्षम हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाडौँ र सिटिजन्स बैंकका ग्राहकहरु माथि उल्लेखित पूर्व–भुक्तानीमा छुट प्राप्त गर्न सक्नेछन्। यसबाहेक, ग्राहकहरु एनआईसी एशिया बैंक,सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट ०% ब्याजमा सजिलो मासिक किस्त योजनाको मजा लिन सक्ने कम्पनीले उल्लेख गरेको छ। साथै, आईएमई पे वा ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले १०% (अधिकतम रु १०००) सम्मको अतिरिक्त छुट पाउन सक्ने छन्।  कम्पनीका अनुसार दराज दशैं धमकामा लोकप्रिय खेल १ रुपैयाँकोे माध्यमबाट ग्राहकहरुले १ रुपैयाँमा निम्न मध्य कुनै पुरस्कार जित्नको लागी भाग लिन सक्ने छन् ः २ रात तीन दिन पोखराको राउन्ड ट्रिप, रियलमि सी २१ वाई , मन्त्र मुक्ति अकुस्टिक गितार, यसुदा अल्कलाइन वाटर पिउरिपÞmायार, र श्री बालाजी हिराको झुम्का । स्पष्ट गर्नको लागी, एक ग्राहकले मात्र एक पुरस्कारको लागी खेल्न सक्नेछ । भाग लिनको लागी, ग्राहकहरु अनलाइन प्रीपेमेन्टको माध्यमबाट रु.१ प्रीपे गर्नु पर्ने कम्पनीले जनाएको छ । यसै गरि दशैं धमाकामा सामसंग देखि एप्पल फोनहरुमा विशेष छुटहरु रहेको र रियलमि सी २१ वाईको विशेष प्रक्षेपण हुने दराजले जनाएको छ ।  ग्राहकहरुले असोज १० (सेप्टेम्बर २६) बाट विशेष गरी दराजमा रियल मि सी २१ वाईको प्रिबुक गर्न सक्नेछन् ।  कम्पनीका अनुसार दशैँ धमाकामा एम आई, फिलिप्स, आमय्रा, रोह्तो, कन्भर्स, लोट्टो, वाइल्डहर्न, एर्के, सीजी डिजिटल, पानासोनिक, न्यु ब्यालेन्स, बियर्डो, मी मी, मसला बिड्स, मामाअर्थ, फ्यानटेक, सामसंग, र रियल मि जस्ता पार्टनर ब्रान्डहरुले ७० % सम्मको छुट प्रस्ताव गरिरहेका छन्।  ग्राहकहरुले दराजको ग्लोबल कलेक्सन मार्फत भारतको केहि उत्कृष्ट ब्रान्ड – उस्त्र, इनविभ, आयिषा, जनास्याहरुको उत्पादन खरिद गरि ७०% सम्मको छुट पाउन सक्ने दराजले जनाएको छ।

दराजको बैंक डेज अफरमा थपिए तीन बैंक

काठमाडौं (अस) । अनलाइन बजार दराजले माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी १७ जुनदेखि बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको छ । अफरमार्फत ग्राहकले कार्ड प्रि–पेमेन्ट गरे १५ प्रतिशत अर्थात् ५०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । चार अन्य साझेदार बैंकमा सानिमा बैंक, एनआईसी एशिया बैंक, नबिल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग मिली बैंक डेज अफर पुनः सुरु गर्ने दराजले घोषणा गरेको छ । दराज बैंक डेजमार्फत ग्राहकले साताभरि दराजका साझेदार बैंकबाट छुट पाउनेछन् । माछापुच्छे, मेगा र हिमालयन बैंकका कार्डवाहकले हरेक बिहीबार दराज एपमार्फत यो प्रस्ताव प्राप्त गर्न सक्नेछन् । माछापुच्छे बैंकको डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ५०० सम्मको छुट पाइनेछ ।  मेगा बैंक डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० सम्मको छुट र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ५०० रुपैयाँसम्मको छुट दिइनेछ । हिमालयन बैंक प्रिपेड र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ५०० रुपैयाँसम्मको छुट दिइनेछ । यसैगरी दराज बैंक डेज अफरअन्तर्गत ग्राहकले साताभरि दराजका अन्य साझेदार बैंकबाट पनि छुट पाउनेछन् । सोमबार सानिमा बैंकको क्रेडिट कार्ड भुक्तानीमा ५०० रुपैयाँसम्मको छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० सम्मको छुट पाइनेछ ।  यस्तै, बुधबार एनआईसी एशिया बैंकको क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ५०० सम्मको छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० सम्मको छुट पाइनेछ ।  शुक्रबार नबिल बैंकमार्फत १० प्रतिशत छुट, शनिबार स्ट्यान्डर्ड चार्टर्ड बैंकमार्फत १० प्रतिशत छुट अनलाइन भुक्तानीका लागि सक्रिय क्रेडिट र डेबिट कार्डबाट पाइने कम्पनीले बताएको छ ।

दराजको बैंक डेज अफरमा थप ३ बैंक समावेश

नेपालको अग्रणी अनलाइन बजार, दराजले तीन प्रमुख नेपाली बैंक माछापुच्छे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरेर बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको छ । यस अफरमार्फत ग्राहकहरुले कार्ड प्रिपेमेन्ट गरेमा १५ प्रतिशत ५०० रूपैयाँसम्मको छुट पाउन सक्नेछन् । यी बैंकहरु दराजका चार अन्य साझेदार बैंकहरू सनिमा बैंक, एनआईसी एशिया बैंक, नाबिल […]

एनआईसी एशिया बैंक, वल्र्ड रेमिट र अर्बिट रेमिटबीच सहकार्य

वल्र्ड रेमिट र अर्बिट रेमिटमार्फत विश्वका ५० भन्दा बढी देशहरूमा रहेका नेपालीले घरमै बसेर एनआईसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सक्ने भएका छन् ।

विदेशमा रहेका नेपालीले अनलाइनबाट एनआईसी एशिया र अरु बैंकमा पैसा जम्मा गर्न सक्ने

काठमाडौं। वर्ल्ड रेमिट र अर्विट रेमिटमार्फत विदेशमा नेपालीले घरमै बसेर एनआईसी एशिया बैंक वा अन्य जुनसुकै बैंक खातामा अनलाइन