काठमाडौं (अस) । अनलाइन बजार दराजले माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी १७ जुनदेखि बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको छ ।
अफरमार्फत ग्राहकले कार्ड प्रि–पेमेन्ट गरे १५ प्रतिशत अर्थात् ५०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । चार अन्य साझेदार बैंकमा सानिमा बैंक, एनआईसी एशिया बैंक, नबिल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग मिली बैंक डेज अफर पुनः सुरु गर्ने दराजले घोषणा गरेको छ ।
दराज बैंक डेजमार्फत ग्राहकले साताभरि दराजका साझेदार बैंकबाट छुट पाउनेछन् ।
माछापुच्छे, मेगा र हिमालयन बैंकका कार्डवाहकले हरेक बिहीबार दराज एपमार्फत यो प्रस्ताव प्राप्त गर्न सक्नेछन् । माछापुच्छे बैंकको डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ५०० सम्मको छुट पाइनेछ ।
मेगा बैंक डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० सम्मको छुट र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ५०० रुपैयाँसम्मको छुट दिइनेछ । हिमालयन बैंक प्रिपेड र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ५०० रुपैयाँसम्मको छुट दिइनेछ ।
यसैगरी दराज बैंक डेज अफरअन्तर्गत ग्राहकले साताभरि दराजका अन्य साझेदार बैंकबाट पनि छुट पाउनेछन् ।
सोमबार सानिमा बैंकको क्रेडिट कार्ड भुक्तानीमा ५०० रुपैयाँसम्मको छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० सम्मको छुट पाइनेछ ।
यस्तै, बुधबार एनआईसी एशिया बैंकको क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ५०० सम्मको छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० सम्मको छुट पाइनेछ ।
शुक्रबार नबिल बैंकमार्फत १० प्रतिशत छुट, शनिबार स्ट्यान्डर्ड चार्टर्ड बैंकमार्फत १० प्रतिशत छुट अनलाइन भुक्तानीका लागि सक्रिय क्रेडिट र डेबिट कार्डबाट पाइने कम्पनीले बताएको छ ।