आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवार गाउँ गाउँ पुगेका छन् । तेह्रथुम गाउँ गाउँमा उम्मेदवारहरू पुगे पनि यसपटक विगतको जस्तो मतदाताहरूमा उत्साह देखिएको छैन । दलहरूले आयोजना गर्ने चुनावी भेटघाट कार्यक्रममा पनि उनीहरूको सहभागिता उत्साहजनक छैन ।जिल्ला सदरमुकाम मै पनि निर्वाचनप्रति मतदाताहरूको उत्साह कम भएको छ । निर्वाचनमा मात्रै गाउँ पुग्ने निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरू गाउँ नफर्किने गरेको नागरिकहरूले गुनासो पोख्ने गरेका छन् । ‘