उम्मेदवारको खोजीमा उत्साहित मतदाता (फोटो फिचर)

हेटौंडा : देश संघीयतामा गएपछि आज दोस्रोपटक स्थानीय तहको निर्वाचन भइरहेको छ।पाँच वर्षपछि भएको निर्वाचनमा मतदाताहरू उत्साहित देखिएका छन्। आफ्ना जनप्रतिनिधि आफै चुन्न बिहानैदेखि विभिन्न स्थानको मतदान केन्द्रमा पुगेका मतदाताहरू उत्साहित देखिएका हुन्। उत्साहित भएर मतदाताहरू मतदान गर्न जाँदा उम्मेदवारहरू भने सेलाएको देखिएको छ।हेटौंडाका विभिन्न मतदानस्थलमा भइरहेको मतदानमा उम्मेदवारहरू नआएको मतदाताको गुनासो छ। ‘हिजो अस्तिसम्म भोट माग्दै आउने उम्मेदवारहरू आज भोट हाल्ने दिनमा कता जानु भयो