सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयमा पनि उपकुलपति रिक्त हुँदै

२५ माघ, काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा पनि उपकुलपति पद एक महिनाभित्र रिक्त हुने भएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १८ फागुनमा र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १७ फागुनमा सकिँदैछ । १७ फागुनमा नै उपकुलपति पद रिक्त हुन लागेको पूर्वाञ्चल विश्वविद्यालयमा भने उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिसकेको छ । एकैजसो मितिमा उपकुलपति […]

सम्बन्धित सामग्री

तीन विश्वविद्यालय पदाधिकारीविहीन, उपकुलपति नियुक्ति प्रक्रिया नै अन्योलमा

तीन विश्वविद्यालयले कहिले उपकुलपति पाउने छन् भन्नेमा अन्योल सिर्जना भएको छ । पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति रिक्त छन् र काम चलाउनका लागि कसैलाई पनि जिम्मेवारी दिइएको छैन । विश्वविद्यालयमा उपकुलपति रिक्त हुनुअघि नै प्रक्रिया थालेर नयाँ उपकुलपति छनोट गर्ने र उपकुलपतिको पदावधि सकिएकै दिन नयाँलाई प्रतिस्थापन गर्ने विधि राज्यले अँगाल्न सकेको छैन । शिक्षाविद्हरू राष्ट्रिय सभामा सांसदको अवधि सकिए अगाडि नै नयाँ सांसदको छनोट भइसक्ने र रिक्त भएको भोलिपल्टै नयाँलाई शपथग्रहण गराउने अभ्यास जस्तै विश्वविद्यालयमा पनि गर्न सकिने बताउँदै त्यसतर्फ कसैको सोच नगएकोमा शिक्षाविदहरूले दुःख व्यक्त गरेका छन् ।

मध्य र सुदूरपश्चिमका भिसी छनोट मापदण्ड सच्याइँदै, कहिले खुल्छ आवेदन ?

काठमाडौँ : मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको १० दिन बित्दा पनि अझै कुनै प्रक्रिया अघि बढ्न सकेको छैन। विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको ६ गते (आइतबार)बसेको बैठकले दरखास्त दिने समयावधि सकिनै लाग्दा दुवै विश्वविद्यालयका उपकुलपतिका लागि जारी गरिएका दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको भन्दै सूचना जारी गरेको थियो। सूचनामा भनिएको थियो, ‘मध्यपश्चिम विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयको रिक्त हुने उपकुलप

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अझै अन्योल

१३ फागुन, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियाबारे अझै निर्णय हुन सकेको छैन । उपकुलपति छनोट तथा सिफारिस समिति संयोजक तथा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले समय अभावका कारण निर्णय हुन नसकेको बताए । ‘समिति सदस्यहरूको समय नमिलेकाले छलफल तथा बैठक बस्न नसकेको हो । चाँडै बसेर निर्णय सार्वजनिक गर्छौं,’ […]

मध्य र सुदूरको उपकुलपति छनाेटमा थेगिनसक्नु दबाब, रोकियो प्रक्रिया

काठमाडौं : मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ। विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले दरखास्त दिने समयावधि सकिनै लाग्दा दुवै विश्वविद्यालयको उपकुलपतिका लागि जारी गरिएको दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको हो।‘मध्यपश्चिम विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयको रिक्त हुने उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको निर्णयबमोजिम मिति २०८०/१०/२५ को गोरखापत्र दैनिकका साथै शि