लागू औषध तस्करको ट्रान्जिट बन्दै नेपाल, ८ करोड मूल्य पर्ने हिरोइनसँगै समातिए दुई विदेशीसहित तीनजना

काठमाडौं : चार किलो लागू औषध ‘हिरोइन’ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरोको टोलीले दुई विदेशी नागरिकसहित ३ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा एक दक्षिण अफ्रिका र एक भारतीय नागरिक रहेको ब्यूरोका एसएसपी विकासराज खनालले जानकारी दिए। दक्षिण अफ्रिकाबाट दुबई हुँदै…

सम्बन्धित सामग्री

सरकारी अध्ययन भन्छ : गाँजामाथि प्रतिबन्ध लगाउँदा अवैध कारोबार बढ्यो

अलिबाबा कम्पनीले ‘धवलागिरि केक’को नाममा नेपाली गाँजा अनलाइनमार्फत विक्रीवितरण गरिरहेको छ । काठमाडौं। सरकारले नीतिगत रूपमा गाँजामाथि प्रतिबन्ध लगाउँदा यसको अवैध कारोबार बढिरहेको सरकारी अध्ययनले देखाएको छ । लागू औषध (नियन्त्रण) ऐन, २०३३ ले गाँजा वा गाँजाजन्य पदार्थको कारोबारलाई अवैध भनेको छ । तर, गाँजा व्यापारमा कानूनले लगाएको प्रतिबन्धको फलस्वरूप हरेक वर्ष यसको अवैध कारोबार बढिरहेको एक सरकारी अध्ययनले देखाएको हो । नीति तथा अनुसन्धान प्रतिष्ठानले अध्ययन गरी तयार पारेको प्रतिवेदनमा गृह मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा प्रतिवर्ष अवैध कारोबारमा संलग्न व्यक्तिको संख्या बढेकाले प्रतिबन्धका कारण अवैध कारोबार बढेको देखाउने बताइएको छ । सरकारले गाँजामा शर्तसहित खुकुलो नीति लिनुपर्ने सुझावसमेत प्रतिवेदनमा छ ।  प्रतिवेदनअनुसार गाँजाप्रति उदारीकरणको नीतिले ल्याएको कानूनी परिवर्तनसँगै अवैध गाँजा बजारको सम्भावना बढ्दै जाने सम्भावना हुन्छ । गाँजाको मनोरञ्जनात्मक प्रयोगसमेत वैध गरेको क्यानडामा वैधभन्दा अवैध कारोबार ज्यादा भएको पाइएको छ । अवैध बजारमा पाइने गाँजा सस्तो हुने र त्यसमा टीएचसीको मात्रा धेरै हुने भएकाले ग्राहक अवैध बजारप्रति आकर्षित भएको हुन सक्ने अनुमान गरिएको छ ।  वैध बजारको सीमितता तथा झन्झटिलो प्रशासनिक प्रक्रियाले पनि अवैध कारोबार बढेको अनुभव रहेको गाँजाखेती र व्यवसाय खुकुलो गरेका देशहरूको प्रतिवेदनमा उल्लेख छ । नेदरल्यान्ड्समा नेपालमा उत्पादित या नेपालबाट निर्यात हुने–गाँजा लोकप्रिय रहेको र अलिबाबा कम्पनीले ‘धवलागिरि केक’को नाममा नेपाली गाँजाको अनलाइन विक्रीवितरण गरिरहेको अध्ययनका क्रममा फेला परेको छ । ‘मनोरञ्जनात्मक प्रयोगका लागि गाँजालाई गैरअपराधीकरण गरिनासाथ स्वदेशी उत्पादनले प्रोत्साहन पाउने र अवैध कारोबार हुन सक्ने अन्तरदेशीय व्यापार कम हुने प्रक्षेपण सही होइन भन्ने उदाहरण हो,’ प्रतिवेदनमा भनिएको छ । नेपालमा गाँजाखेती र व्यवसाय अवैध छ, तर भारतसँगको खुला सिमानाका कारण नेपाल तेस्रो मुलुकसँग हुने गाँजा कारोबारको पुल (ट्रान्जिट) बनिरहेको गृह मन्त्रालयको प्रतिवेदनले देखाउने अध्ययन प्रतिवेदनमा उल्लेख छ । ‘अवैध कारोबार र ओसारपसारका लागि एउटा मात्र होइन, अनेकौं मार्ग र ढाँचाहरू सक्रिय रहेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘काठमाडौंको मुख्य पर्यटकीय स्थल ठमेलमा गाँजाको रेसाबाट बनेका वा गाँजाको रेसाको मिसावट गरी बनाइएका लुगा, जुत्ता, धागो, कलात्मक तथा सजावट सामग्रीको विक्री र निर्यात सामान्य रूपमै भइरहेको देख्न सकिन्छ ।’  गाँजा उत्पादन अवैध भएकाले यस्ता गाँजाजन्य सामग्रीलाई प्राय: हेम्प वा अल्लो वा प्राकृतिक रेसाको नामबाट विक्रीवितरण गर्ने गरिएको, नाम परिवर्तन गरेर गरिने कारोबार जोखिमपूर्ण हुने र यस्ता कारोबार अवैध हुने सम्भावना पनि त्यत्तिकै रहने डा. मनिता कुसी, डा. हरि शर्मा न्यौपाने, डा. मुकुन्दराज कट्टेल, अधिवक्ता हरिप्रसाद मैनाली, प्रा. राजेन्द्र ज्ञवाली, डा. प्रेरक रेग्मी र पुष्कर बस्यालले नीति तथा प्रतिष्ठानका लागि अनुसन्धान गरी तयार पारेको प्रतिवेदनमा उल्लेख छ । ठमेलमा विक्रीमा राखिएका गाँजाजन्य सामग्रीमा लागू औषध कानूनले तोकेको मात्राभन्दा बढी गाँजाको प्रयोग त गरिएको छैन नि भन्ने जिज्ञासा राख्दा व्यापारीहरू अलमलमा परेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ । ‘यो अलमल हाम्रो विद्यमान कानूनी अलमलको परिणाम हो जसलाई अवैध कारोबारका लागि दुरुपयोग गर्न सकिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘कानूनी अलमललाई कानूनी दायराभित्र रही व्यापार, व्यवसाय गर्नेहरूलाई हतोत्साही बनाउनका लागि पनि दुरुपयोग गर्न सकिन्छ । तसर्थ, सुस्पष्ट नीतिगत, कानूनी तथा प्रशासनिक व्यवस्था गर्न जरुरी छ ।’ त्यसो गर्न नसके गाँजाको वैधतापछि पनि नेपाल यो या त्यो रूपमा अवैध कारोबारको जोखिममा रहिरहने खतरा रहने बताइएको छ ।

लागू औषधको ट्रान्जिट बन्दै कैलाली, क्विन्टलमा बरामद हुन्छ चरेस

कैलाली । पछिल्लो समय कैलालीबाट अवैध लागू औषध भित्रिने क्रम बढेको छ । खुल्ला सीमानाकाको फाइदा उठाउँदै तस्करहरूले लागू औषधलाई भारबाट नेपालसम्म पुर्‍याइइरहेका छन् । प्रहरीले लागू औषध प्रयोगकर्ता पक्राउ गरिरहेको भए पनि अझै सम्म कारोबारीलाई भने हात लगाउन सकेको छैन । प्रहरीकै तथ्याङ्क अनुसार यस आर्थिक वर्षको पाँच महिनामा मात्रै लागू औषधका २०२ मुद्दा […]

लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दै सर्लाही

चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म लागू औषध कारोबारमा पक्राउ परेका मानिस तथा बरामद भएकाे लागू औषधको संख्या हेर्ने हो भने सर्लाहीमा लागू औषध ओसारपसार, बिक्री वितरण तथा सेवन पनि ठुलो परिमाणमा हुने गरेको देखिन्छ।...

लागूऔषध ओसारपसारको ट्रान्जिट बन्दै वीरगन्ज

नेपाली अर्थतन्त्रको ‘लाइफलाइन’को रूपमा चिनिने वीरगन्जलाई तस्करहरूले लागूऔषधको ट्रान्जिट पोइन्टको रूपमा पनि प्रयोग गर्ने गरेका छन् । ६ वर्ष अघिसम्म प्रतिबन्धित लागू औषध गाँजाको खेती नै हुने पर्सामा स्थानीय प्रहरी प्रशासनले निर्मूल पारे पनि अहिले भारतबाट आउने लागूऔषध इन्जेक्सन ट्याब्लेट र नेपालबाट भारततर्फ जाने गाँजा अफिमको तस्करीको ट्रान्जिट पोइन्ट बनेको छ ।

लागूऔषधको ट्रान्जिट बन्दै नेपाल :: Pahilopost.com

काठमाडौ :  गत सोमबार बेलुका ६ बजे मोतिहारी थाना रक्सौल वस्ने भारतीय नागरिक ३७ वर्षीय रमेश कुमार पक्राउ परे। उनले चलाएको भारतीय नम्बर प्लेटको सेतो रङको स्कोर्पियो  गाडीको डिकीमा प्रहरीले भारि मात्रामा लागूऔषध बरामद गरेको थियो।  केही दिन अगाडि मात्र लागू औषध नियन्त्रण ब्यूरोको टोलीले अन्तर्राष्ट्रिय विमानस्थलबाट एक रसियन नागरिक