लागूऔषध ओसारपसारको ट्रान्जिट बन्दै वीरगन्ज

नेपाली अर्थतन्त्रको ‘लाइफलाइन’को रूपमा चिनिने वीरगन्जलाई तस्करहरूले लागूऔषधको ट्रान्जिट पोइन्टको रूपमा पनि प्रयोग गर्ने गरेका छन् । ६ वर्ष अघिसम्म प्रतिबन्धित लागू औषध गाँजाको खेती नै हुने पर्सामा स्थानीय प्रहरी प्रशासनले निर्मूल पारे पनि अहिले भारतबाट आउने लागूऔषध इन्जेक्सन ट्याब्लेट र नेपालबाट भारततर्फ जाने गाँजा अफिमको तस्करीको ट्रान्जिट पोइन्ट बनेको छ ।

सम्बन्धित सामग्री

लागूऔषध सहित तीन जना पक्राउ

प्रहरीले लागूऔषध सहित वीरगन्जबाट तीन जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा बिहीबार साँझ करिब सवा ६ बजेकोमा समयमा वीरगन्ज महानगरपालिका– २१ हनुमानचोकबाट प्रहरीले मालबाहक ट्रकबाट  लागूऔषध सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

वीरगन्जबाट बेवारिसे लागूऔषध नियन्त्रणमा

वीरगन्ज महानगरपालिका–२२ मनियारी टोल बस्ने देवेन्द्र यादवको खाली खेतबाट शुक्रबार उक्त लागूऔषध प्रहरीले बरामद गरेको हो।...

ठूलो परिमाणमा बेवारिसे अवस्थामा लागूऔषध फेला

प्रहरीले वीरगन्जबाट ठूलो परिमाणमा बेवारिसे अवस्थामा लागूऔषध फेला पारेको छ । वीरगन्ज महानगरपालिका–२२ मनियारी टोल बस्ने देवेन्द्र यादवको खाली खेतबाट शुक्रबार उक्त लागूऔषध बरामद भएको हो ।

लागूऔषधसहित तीन बालक प्रहरी नियन्त्रणमा

वीरगन्ज – वीरगन्जमा लागूऔषधसहित तीन जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगन्ज महानगरपालिका–१५, ब्रम्हचोकबाट लागूऔषध नाइट्राभेट ट्याब्लेटसहित तीन जना बालकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक, भक्तपुर र बाराका तीन जना बालक रहेको प्रहरीले जनाएको छ। उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। नाइट्राभेट ट्याब्लेट ३३७ पिससहित भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का १६ वर्षीय , […]

सीमा पार गराउन लागूऔषध कारोवारीको अनेक शैली

वीरगन्ज । तयारी अवस्थाको आयातित लागु औषधले नेपाली युवाहरुलाई कसरी गाँज्दै छ ? भन्ने कुरा धरातलीय तथ्याँकले छर्लङ्ग पारिरेहेको छ । सीमा क्षेत्रमा खटेका प्रहरीले बरामद गरेको लागु औषधको त्रि–वर्षीय तथ्याँकले यसको धरातलीय यथार्थ छर्लङ्ग पारेको हो । यहाँका सुरक्षाकर्मीको आँखा छली झन कति प्रतिवन्धित लागु औषध नेपाल भित्रिसकेको छ ? त्यसको त अझ कुनै […] The post सीमा पार गराउन लागूऔषध कारोवारीको अनेक शैली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वीरगन्ज कारागारका ३० प्रतिशत कैदी लागूऔषध मुद्दाका

देशकै पुरानो तथा अत्यधिक भीडभाड रहने गरेको वीरगन्ज कारागारमा कूल कैदीबन्दीको झन्डै ३० प्रतिशत कैदीबन्दी लागूऔषध मुद्दाकै छन् । बुधबारसम्म कारागारमा कूल १ हजार ४ सय ५९ कैदीबन्दी रहेकोमा ती मध्ये ५ सय ४२ कैदीबन्दी लागूऔषध मुद्दाकै हुन् ।

वीरगन्जमा लागूऔषध अफिमसहित एक जना महिला पक्राउ

वीरगन्ज । अवैध लागू औषध अफिमसहित एक महिलालाई सशस्त्र प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ का ४० वर्षीया रानीदेवी राम (दलित) रहेको सशस्त्र प्रहरी बल १३ नं गणले जनाएको छ । प्राप्त सूचनाका आधारमा वीरगन्ज महानगरपालिका–५ भेडियाहीबाट अवैध रूपमा लुकीछिपी भारततर्फ लैजाँदै गरेको अवस्थामा ती महिलालाई तीन किलोग्राम अफिमसहित […]

लागूऔषध ढुवानीको ट्रान्जिट बन्‍दै वीरगंन्‍ज

वीरगंज - लागूऔषधका कारोबारीहरू निषेधाज्ञाको समयमा पनि सक्रिय रहेको प्रहरीले जनाएको छ ।  लागूऔषध ढुवानी तथा तस्करीका लागि पर्सा र छेउछाउको ग्रामीण भेगका नाका प्रयोग गर्ने गरिएको प्रहरीको भनाइ छ । वीरगन्ज नाकाँट पनि अत्याधिक मात्रामा लागूऔषध ढुवानीको ट्रान्जिट बनेको प्रहरीको ठहर छ । लागूऔषधको कारोबार र दुव्यर्वसनमा ख…

लागूऔषध ढुवानीको ट्रान्जिट बन्‍दै वीरगंन्‍ज

वीरगंज - लागूऔषधका कारोबारीहरू निषेधाज्ञाको समयमा पनि सक्रिय रहेको प्रहरीले जनाएको छ ।  लागूऔषध ढुवानी तथा तस्करीका लागि पर्सा र छेउछाउको ग्रामीण भेगका नाका प्रयोग गर्ने गरिएको प्रहरीको भनाइ छ । वीरगन्ज नाकाँट पनि अत्याधिक मात्रामा लागूऔषध ढुवानीको ट्रान्जिट बनेको प्रहरीको ठहर छ । लागूऔषधको कारोबार र दुव्यर्वसनमा ख…

लागूऔषध कारोबार बढ्दो

प्रहरीले आइतबार राति वीरगन्ज–१९ बर्वाबाट लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमध्ये दुई जना जनप्रतिनिधि नै थिए । ना१ब ३५९५ नम्बरको सरकारी मोटरसाइकलको फिल्टर बक्सबाट ७९ ग्राम खैरो हेरोइन बरामद भएको थियो ।