काठमाडौं : काठमाडौं उपत्यकावासीको सबैभन्दा ठूलो समस्या हो– खानेपानी नहुनु। जति बस्ती बसालिँदै गएको छ, उत्ति नै पर्याप्त मात्रामा पानीको उपभोग उपत्यकावासीले गर्न पाएका छैनन्। विभिन्न ठाउँको स्रोतबाट जुटाएको खानेपानी चुहावट हुँदा सडक जलमग्न हुन्छ। यता उपत्यकावासी खानेपानीको समस्याको मारमा छन्। बाढीले क्षति पुगेको १० महिनापछि काठमाडौं उपत्यकाभित्र पुनः मेलम्ची खानेपानी वितरण गरिएको छ तर ठाउँ ठाउँमा पानी चुहिएको छ। अहिले पनि चावहिलस्थित कालोपुल, चावहिल चोक, गोकर्णको हनुमान