कास्की । गण्डकी प्रदेशको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुटु, मिर्गौला र क्यान्सर रोगको उपचार व्यवस्था गरिने भएको छ । आगामि आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सीता कुमारी पौडेलले मध्यविन्दू अस्पताल र लमजुङ जिल्ला अस्पतालमा डायलाइसिस सेवा सञ्चालन गर्ने कार्यक्रम रहेको बताइन् ।