बारा : बाराको पथलैयामा ट्रमा सेन्टर सञ्चालनमा ढिलाइ नगर्न माग गरिएको छ। जितपुरसिमराका बासिन्दाले मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई शुक्रबार माग पत्र पठाएको हो।सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल सहितको टोलीले मुख्य मन्त्रीलाई पठाएको मागपत्रमा ट्रमा सेन्टर चाँडै सञ्चालन गरी सेवा प्रवाह गर्नु अत्यावश्यक रहेको बताइएको छ।राजमार्गमा दुर्घटनामा परी घाइते हुनेहरूको तत्काल उपचार गर्ने उद्देश्यका साथ ट्रमा सेन्टर स्थापना गर्ने भनिएको थियो। समयमा ट्रमा सेन्टर सञ्चालन नहुँदा बारा, पर्स