काठमाडौं : सरकारले धादिङको गल्छी गाउँपालिकास्थित बेल्खुमा ट्रमा सेन्टर खोल्ने निर्णयलाई निरन्तरता दिएको छ। आगामी आर्थिक वर्ष ०७९/८० वर्षको बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले धादिङ जिल्लास्थित बेल्खुमा ट्रमा सेन्टर खोल्ने जानकारी दिएका हुन्।यसअघि गत आर्थिक वर्ष ०७८/७९मा पनि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत पनि बेल्खुमा ट्रमा सेन्टर बनाईने घोषणा गरेका थिए। आगामी आर्थिक वर्षको बजेट भाषणमा पनि अर्थमन्त्री शर्माले बेल्खुमा ट्रमा सेन्टर बनाईने बताएका छन्।पृथ्वी राजमार्ग