१७ वर्षदेखि प्राधिकरण भवनमा सेना

चन्द्रपुर नगरपालिका–५ राजपैडानजिक नेपाल विद्युत् प्राधिकरणको भवनमा झन्डै १७ वर्षदेखि नेपाली सेना बसिरहेको छ । प्राधिकरणको कार्यालय भने भाडाको घरमा छ । प्राधिकरणको चन्द्रपुर शाखा अपायक भएपछि स्थानीयको मागअनुसार सेना बसिरहेको आफ्नै भवनमा कार्यालय सार्न पहल थालिएको छ ।

सम्बन्धित सामग्री

नेपाल र संयुक्त राष्ट्रसङ्घ : ६५ वर्षदेखि दर्विलो साथ र सहयोग

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा नेपालको ६५ वर्षदेखि दर्विलो साथ र सहयोग रहँदै आएको छ भने नेपालको परराष्ट्र नीतिमा पनि राष्ट्रसङ्घकै बडापत्रको सिद्धान्तलाई सर्वाधिक प्राथमिकता दिइएको छ । नेपालले कुनै गुट वा उपगुटमा संलग्न नभई राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति सेना उपलब्ध गराउने सिलसिलामा संयुक्त राष्ट्रसङ्घको झण्डा मुनि मात्र जाने राष्ट्रिय नीति अवलम्बन […]

पाँचदिने भ्रमणमा नेपाल आइपुगे भारतीय सेना प्रमुख, के-के छ कार्यक्रम?

काठमाडौँ– नेपाल–भारतका सेनाबीच विगत ७२ वर्षदेखि कायम रहँदै आएको परम्परालाई निरन्तरता दिन भारतीय सेना प्रमुख जनरल मनोज पाण्डे आइतबार नेपाल आएका छन्। उनी नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाँचदिने औपचारिक भ्रमणका लागि विशेष विमान मार्फत अपराहन्न काठमाडौँ आइपुगेका हुन् । पाण्डेले सोमबारदेखि औपचारिक भेटघाट तथा कार्यक्रम सुरु गर्ने छन् । नेपाल र भारतबीच सन् […]

प्रधान सेनापति भन्छन्–‘पर्यावरण जोगाउन सेना ४० वर्षदेखि संलग्न’

चारवटा हिमाल सफाईमा खटिने सैनिक टोलीलाई प्रधान सेनापति प्रभुराम शर्माले ‘ब्यानर हस्तान्तरण’ गरेका छन् । हिमाल सफाई अभियान–२०२२ अन्तर्गत नेपाली सेनाको नेतृत्वमा चारवटा हिमालको फोहोर संकलन गरिँदै छ । यसवर्ष सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मकालु हिमालबाट करिब ३५ टन फोहोर संकलन गरिने नेपाली सेनाको राष्ट्रिय निकुञ्ज निर्देशनालयका निर्देशक सहायकरथी हिमांशु खड्काले जानकारी दिए ।मंगलबार जंगी अड्डामा आयोजित हिमाल सफाईमा जाने टिम कमाण्डरहरुलाई ‘व्यानर हस्तान्तरण’ कार्यक्रममा ब

सेना र प्रहरीको पोशाकको कपडा उत्पादन अब स्वदेशमै, कपडा आयातको बाध्यता हट्यो

फागुन १४, वीरगञ्ज । नेपाली सेना र प्रहरीको पोशाकका लागि आवश्यक कपडा अब नेपालमै उत्पादन हुन थालेको छ । वीरगञ्जको कोहिनुर टेक्सटाइलले यस्तो उत्पादन थालेको हो । कोहिनुरले यो वर्षदेखि सेना र प्रहरीको पोशाक (चुस्ता) को कपडा उत्पादन थालेको छ । उनी (उलेन) कपडा भने यसअघि नै उत्पादन हुँदै आएको थियो । त्यसअघि चीनबाट आयातित कपडा प्रयोग हुँदै आएको थियो । अब सुरक्षाकर्मीको पोशाकका लागि कपडा आयातको बाध्यता हटेको छ । त्यसअघि आपूर्तिकर्ताले सेना र प्रहरीलाई आयातित कपडा उपलब्ध गराउँदै आएकोमा यो आर्थिक वर्षदेखि स्वदेशी कपडा आपूर्ति हुन थालेको हो । वीरगञ्जकै क्राउन टेक्सटाइलसँगको सहकार्यमा कोहिनुरले यस्तो कपडाको उत्पादन गरेको छ । यो उद्योगबाट उत्पादित कपडा एडी सप्लायर र जय सलिना इन्टरप्राइजेजले आपूर्तिको जिम्मा लिएका छन् । नेपाली सेनाको लागि ६ लाख मीटर, नेपाल प्रहरीलाई २ लाख ५० हजार मीटर र सशस्त्र प्रहरीका लागि ७० हजार जोडी पोशाकका लागि कपडा उत्पादन हुने क्राउन टेक्सटाइलका सञ्चालक पीताम्वरकुमार मुनकाले जानकारी दिए । ‘अब नेपाली सेना र प्रहरीको पोशाकका लागि चाहिने सबै खालको कपडा स्वदेशमै उत्पादन हुन थालेको छ । यसका लागि बाहिरबाट कपडा ल्याउनुपर्ने बाध्यता हटेको छ,’ मुनकाले भने । यो प्रयोजनका लागि मात्रै कपडा आयातमा वर्षेनि ५० करोड रुपैयाँ बाहिरिने गरेकोमा अब त्यो रकम स्वदेशमै रहने पनि उनले दाबी गरे । कोहिनुरले ४ महीनादेखि चुस्ताको कपडा उत्पादन गरिरहेको उद्योगका सञ्चालक राजेशकुमार कुशवाहले बताए । विगत १० वर्षदेखि सञ्चालनमा रहेको उद्योगले सेना र प्रहरीका लागि यो कपडा उत्पादनमा आवश्यक उकरणमा मात्रै ५ करोड रुपैयाँ लगानी थपेको जानकारी पनि कुशवाहले दिए ।उद्योगले कपडा बनाउन प्रयोग हुने धागो, रङलगायगतका कच्चा पदार्थ भने भारतबाट आयात गर्दै आएको छ ।

एक वर्षदेखि अवरुद्ध सडक सुचारु गर्दै नेपाली सेना

पहिरोका कारण एक वर्षदेखि अवरुद्ध रहेको प्युठान–रोल्पा जोड्ने शुलीचौर–अरेश सडकखण्ड सूचारु गराउन नेपाली सेना परिचालित भएको छ। जिल्ला प्रशासन कार्यालय रोल्पा र सुनिल स्मृती गाँउपालिकाको पहलमा उक्त सडक बनाउन सेनाको...

ताइवानी सेनालाई गोप्य रूपमा प्रशिक्षण दिँदै अमेरिकी सेना

चीनले ताइवानको हवाईक्षेत्रमा लगातार अतिक्रमण गरेको खबर आइरहेको बेलामा ताइवानलाई अमेरिकाले गोप्य रूपमा सहयोग गरिरहेको समाचार अमेरिकी सञ्चारमाध्यमहरूले दिएका छन् । अमेरिकी सेनाका प्रशिक्षकहरूले एक वर्षदेखि गोप्य रूपमा ताइवानी सैनिकहरूलाई प्रशिक्षण दिइरहेको बताइएको छ । अमेरिकी विशेष बल (स्पेसल फोर्सेस) का २४ सैनिक र मरिनहरूले ताइवानी सेनालाई प्रशिक्षण दिएका हुन् ।  यस खुलासासँगै चीन र अमेरिकाबीचको तनाव झनै चर्किने देखिएको छ । अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलले यस खबरको खुलासा गरेको हो ।  ट्रम्प प्रशास...

अफगानिस्तानमा सेना र तालिबानबीच भीषण युद्ध

काठमाण्डाै - अफगानिस्तानमा सेना र विद्रोही समूह तालिबानबीच युद्ध भएको छ । दक्षिण क्षेत्रको हेल्मण्ड प्रान्तको राजधानी लस्कर गाहमा तालिबान लडाकु र सरकारी सैनिकबीच युद्ध भइरहेको हो । युद्धका कारण यस सहरका हजारौँ मानिस ग्रामीण क्षेत्रमा विस्थापित भएका छन् । सरकारी सेनालाई अमेरिकी सेनाले हवाई आक्रमणमा सहयोग गरिरहेका छन् । हेल्मण्ड प्रान्तमा तालिबानले कब्जा जमाउनु अफगान सरकारका लागि ठूलो धक्का हुने बीबीसीले जनाएको छ । अमेरिकाले २० वर्षदेखि जारी सैन्य अभियान अन्त्य गर्ने घोषणा गर्दै आफ्ना सैनिक फिर्ता लैजान थालेपछि अफगानिस्ता...

अफगानिस्तानमा राष्ट्रसंघको कार्यालयका सुरक्षा गार्डको गोली हानी हत्या

एजेन्सी । अफगानिस्तानको हेरात प्रान्तमा विद्रोहीको आक्रमणमा परेर एक अफगान सुरक्षा गार्डको मृत्यु भएको छ । सरकारी सेना र तालिवानी लडाकूबीच द्वन्द्व चलिरहेका बेला पश्चिमी अफगानिस्तानको हेरात प्रान्तस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अघि आक्राण भएको हो । २० वर्षदेखि आफगानिस्तानमा रहेको अमेरिकी सेना स्वेदश फिर्ता हुन थालेदेखि नै गत मे महिनादेखि तालिवानी लडाकूहरुले आफ्ना सैन्य गतिविधिलाई […]

'म जीवन बचाउने सन्देश कुरिरहेछु'

यतिबेला अफगानिस्तानको चर्चा विश्वभर छ। एकातिर अमेरिकी सेना फिर्ता र तालिबानको बढ्दो हिंसा!यति बेला त्यहाँका नागरिकमा थप डर पैदा भएको छ। अझ भनौँ-अफगानिस्तानमा बसेर विदेशी निकायमा काम गर्ने व्यक्तिहरूप्रति तालिबान थप क्रुर बनेको छ।पत्रकार हबीब (नाम परिवर्तन गरिएको) विगत आठ वर्षदेखि अफगानिस्तानमा जर्मन सेना सहयोगको मिडिया आउटलेटमा कार्यरत थिए। गत महिना जुनमा उनले अफगानिस्तानबाट अन्तर्राष्ट्रिय सेना फर्कंदै गर्दा उनको जागिर गुम्यो।तीन बच्चाका बुबा हबीबले बीबीसीलाई भनेका छन्, 'यदी तालिब