राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले निर्वाचन मिति घोषणा भैसकेको अवस्थामा सरकार, प्रतिनिधिसभा र प्रदेशसभा सबै कामचलाउ भैसकेको बताएका छन् । सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै सदस्य देवकोटाले काम चलाउ भैसकेको सरकार र संसदले दीर्घकालीन महत्वका विषयमा निर्णय गर्न नपाउने बताए । ‘संसदीय मूल्यमान्यता र परम्पराअनुसार कामचलाउ निकायले दीर्घकालीन महत्व राख्ने र प्रभाव पार्ने निर्णय गर्दैनन्’, देवकोटाको भनाइ छ । उनले कामचलाउ भैसकेको संसदले नीति तथा कानुन समेत बनाउन नसक्ने भन्दै त्यसमा सरोका