फेसबुक संस्थापक जुकरबर्गलाई पुत्री लाभ

फेसबुकका संस्थापक मार्क जुकरबर्ग तेस्रो पटक पिता बनेका छन् । जुकरबर्ग पत्नी प्रिसिला चानले तेस्रो बच्चाको रुपमा छोरीलाई जन्म दिएकी हुन् । जुकरबर्गले सोसल मिडिया प्लाटर्फम फेसबुक तथाा इन्स्टाग्राममा पुत्री लाभको जानकारी दिएका छन् । नवजात छोरीको तस्वीर शेयर गर्दै उनले ईश्वरको आशीर्वाद प्राप्त भएको भन्दै छोरीलाई स्वागत गरेका छन् । जुकरबर्गले इन्स्टाग्राममा नवजात छोरी […]

सम्बन्धित सामग्री

चार दशक काटेपछि उद्यम गर्दाका चार फाइदा

काठमाडौं । कोहीले ४० वर्ष उमेर कटेसी घुमौला, रमाउला भन्ने सोच्नुभएको होला । कोहीले भने त्यो उमेरमा घरपरिवारको जिम्मेवारी र बाध्यताले थाँति रहेका काम गरौंला भन्ने योजना बुन्नुभएको होला ।  ४० वर्ष उमेर पुगेकाहरूमध्ये कोही व्यापार/व्यवसाय शुरु गर्न नसकेर चिन्तित पनि हुनुहुन्छ होला । त्यसो हो भने चिन्ता लिनुपर्दैन । किनकि उद्यम शुरु गर्न यो नै एकदमै सही समय हो । ४० वर्ष वा त्योभन्दा बढी उमेरमा कम्पनी खोल्नेहरूको सफलताले यो स्पष्ट देखाउँछ ।   अहिले नेटफ्लिक्स नहेर्ने को होला ! यसको शुरुआत रिट ह्याष्टिङले ४० वर्ष उमेर पुगेपछि गरेका थिए । गोर्डन बोकरले पनि ५२ वर्षको उमेरमा अमेरिकी कफी चेन स्टारबक्स खोले । उमेरले सपना पूरा गर्न कहाँ छेक्छ ! हेनरी फोर्डले ४० वर्षको उमेरमा फोर्ड मोटर कम्पनी खोलेका थिए । महिलाहरूको फेसनमा कायापलट गर्ने कम्पनी डियोको स्थापना क्रिष्टियन डियोले ४१ वर्षको उमेरमा गरेका थिए ।  तर, कम उमेरमा उद्यम वा कम्पनी शुरु गर्दा असफल हुन्छ भन्ने होइन, त्यो बेला कम्पनी चलाउनेहरूले पनि सफलताको शिखर चुमेका छन् । फेसबुक संस्थापक मार्क जुकरबर्गले १९ वर्ष मात्रै हुँदा शुरु गरेको फेसबुक अहिले खर्बौं डलर नेटवर्थको कम्पनी बनेको छ ।  यही सूचीमा पर्छन् आईफोन उत्पादक एप्पलका सह–संस्थापक स्टिभ जब्स । उनले २१ वर्षको उमेरमा कम्पनी स्थापना गरेका थिए ।  ००० जोस, आँट र जाँगर भए उद्यम शुरु गर्न उमेर मात्रै होइन, अन्य केही तत्वले पनि छेक्दैन । फेरि यसो भन्दैमा जीवनको मध्यमा नयाँ परिवर्तन त्यति सहज हुन्छ भन्ने होइन । यसमा अनेकौं चुनौती र अवरोधहरू पनि आउँछन् । तर, यसबाट आत्तिनु हुन्न ।  व्यावसायिक योजना, लगानी, लगानीकर्ताहरूसमक्ष आफ्नो अवधारणा राख्ने तरिकाले उद्यमको सफलता वा असफलता निर्धारण गर्छ । ४० कटेपछि आफ्नो व्यवसाय शुरु गर्दाका कयौं लाभ छन् । तीमध्ये केही यस प्रकार छन् : वर्षौंको अनुभव  जुन व्यवसाय शुरु गर्दा पनि अनुभव चाहिन्छ । तपाईंले जुन काममा वर्षौं समय खर्चनुभयो, त्यही क्षेत्रसँग सम्बन्धित व्यापार÷व्यवसाय गर्नुभयो भने सफल हुन टेवा पुग्छ । बजारले कसरी काम गर्छ, व्यवसायको योजना कसरी अगाडि बढ्ला, कुन मार्केटिङको रणनीतिले राम्रोसँग काम गर्ला भन्ने कुराको अनुभव तपाईंले बटुलिसक्नु हुन्छ ।  यससँगै उद्यमीका रूपमा के गर्नु हुन्न भन्ने पनि तपाईंलाई थाहा हुन्छ । कामको सिलसिलामा तपाईंले कयौं असफलता पनि देख्नुभएको हुन्छ । यसले अगाडिको अनिश्चित यात्राको लागि तपाईंलाई तम्तयार बनाउनेछ ।  बलियो पेशागत नेटवर्क  जीवनको यो चरणमा आइपुग्दासम्म तपाईंको पेशागत नेटवर्क बलियो भइसकेको हुन्छ । यसबाट तपाईंले लाभ पनि लिन सक्नुहुन्छ । मार्केटिङ, फाइनान्स, विक्री, सञ्चालन, लेखन, डिजाइनिङ र लगानी आदि क्षेत्रका विज्ञहरूसँग तपार्इंको कनेक्शन हुन सक्छ । यो तपाईंको व्यवसायको वृद्धिका लागि ‘गेम चेञ्जर’ हुन सक्छ ।  कुनै भेटरानले दिने सामान्य सुझाव पनि तपाईं र तपाईंको व्यवसायको लागि अति नै महत्त्वपूर्ण हुन सक्छ । यति बेला तपाईंले आफूले वर्षौंदेखि चिनिरहेका व्यक्तिहरूसँग रिकनेक्ट गर्न सक्नुहुन्छ । आफ्नो नेटवर्क बढाउन तपाईंले लिंक्डइन, फेसबुकजस्ता प्लेटफर्महरूको पनि प्रयोग गर्न सक्नु हुन्छ ।  वित्तीय स्थिरता अधबैंसे उमेरसम्म आइपुग्दा तपाईंसँग केही न केही लगानी र बचत पनि जम्मा भएको हुन्छ । व्यवसाय शुरु गर्न घरजग्गा वा अन्य सम्पत्ति नै धितो राखेर ऋण काड्नु पर्ने अवस्था नहुन पनि सक्छ । कुनै कुनै लगानीकर्ता र कर्जा दिने संस्थाहरूले युवाहरूलाई धेरै विश्वास अधवैंसेहरूलाई गरेर वित्तीय टेवा दिने गरेको पनि पाइन्छ ।  आफ्नो कमजोरी र मजबूत पक्षको ज्ञान जीवनको यो क्षणसम्म आइपुग्दा तपाईंले विविध भूमिकाहरू निभाइसक्नुभएको हुन्छ । कयौं जिम्मेवारी वहन गरिसक्नुभएको हुन्छ । आफ्नो राम्रा अनि नराम्रा पक्षहरू अझ भन्दा कमजोरी र मजबूत पक्षको राम्रो ज्ञान भइसक्छ । व्यवसायको कुन क्षेत्रलाई एक्लैले ह्यान्डल गर्न सकिन्छ अनि कुन कामका लागि अरु व्यक्ति चाहिन्छ भन्ने कुरा थाहा पाइसक्नु हुन्छ ।  उद्यम शुरु गर्दा भने केही कामहरू गर्नु आवश्यक हुन्छ । ती यसप्रकार छन् ।  १. आफ्नो क्षमता अनि उद्यमशील बन्न आफ्नो क्षमताबारे ध्यान दिनुपर्दछ ।  २. प्रतिस्पर्धीहरूले के गरिरहेका छन् ? उपभोक्ताहरूले के खोजिरहेका छन् ? व्यवसायको दायरा के छ ? जोखिमहरू के कस्ता छन् ? यी कुरा थाहा पाउन बजारको अध्ययन गर्न आवश्यक छ ।  ३. आफ्नो बचत कति छ ? अनि कति पैसा उठाउनु पर्छ ? यसबारे स्पष्ट हुनुपर्छ । यससँगै वित्तीय अवस्थाको मूल्यांकन गर्नुपर्छ ।  ४. प्रतिस्पर्धात्मक क्षमता बलियो बनाउन प्रविधिको क्षेत्रमा भइरहेका प्रगतिमाथि नजर राख्नुपर्छ । आफ्नो पृष्ठभूमि प्रविधि क्षेत्र होइन भने कुनै प्राविधिक व्यक्तिसँग साझेदारी गर्ने वा त्यस्ता व्यक्तिलाई काममा राख्नु ठिक हुन्छ ।  ५. सिक्ने (बिर्सने) इच्छा चाहिन्छ । जीवनको जुनसुकै कालखन्डमा व्यवसाय शुरु गर्नु चुनौतीपूर्ण नै हुन्छ । दिमागलाई खुला राखेर, लचिलो भएर अगाडि बढ्नु पर्छ । आफूले पहिला सिकेको तर अहिले काम नलाग्ने कुराहरू बिर्सने क्षमता पनि आवश्यक छ ।  एजेन्सीहरूको सहयोगमा

के अभिनेत्री वर्षा सिवाकोटीलाई ‘हृदयघात’ भएको हो ?

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीलाई ‘माइनर हार्ट अट्याक’ भएको छ । उनले सामाजिक सञ्जालबाट यसको जानकारी दिएकी छन् । बुधबार अपरान्ह हृदयघात भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । त्यहाँ जाँचपछि अहिले निवासमै आराम गरिरहेकी छन् । चिकित्सकले धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् । अनलाइनखबरमा समाचार प्रकाशित भएपछि उनले फेसबुक पोस्ट पुनः सम्पादन […]

हनि ट्रयापिङमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

हनि ट्रयापिङमा संलग्न रहेको अभियोगमा २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर बालकोट बस्ने सोलुखुम्बु नेचासल्यान गाउँपालिका-३ बतासे घर भएका २४ वर्षीय शेखर बास्तोला र २० वर्षीया रोजिना राउत रहेका छन् । काठमाडौं उपत्यकास्थित विभिन्न स्थानहरुमा अपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले सामाजिक संजाल फेसबुक मार्फत महिला परिचालन गरेर फोनको आदानप्रदान गरी […]

एनसेलको चाडपर्व अफर

काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले दशैं, तिहार र छठ पर्व अवसरमा ग्राहक लक्षित अफर सार्वजनिक गरेको छ । एनसेलका ग्राहकले उत्सवका बेला आफ्ना परिवारजन, साथीभाइ र आफन्तले मलेसिया, यूएई र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक साता २१ वटा स्मार्ट फोन जित्ने मौका पाउनेछन् । कम्पनीका अनुसार योजनामा बढीभन्दा बढी आगमन कलमा कुरा गर्ने २१ ग्राहकले १/१ वटा गरी हरेक साता २१ वटा स्मार्ट फोन पाउनेछन् । यसबाहेक विदेशमा रहेका परिवारजन वा साथीभाइबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक साता १ स्मार्ट फोन पाउनेछन् । कात्तिक २४ गतेसम्म सञ्चालनमा रहने योजना अवधिमा कुल ११० ग्राहकले स्मार्ट फोन जित्न सकिने कम्पनीले बताएको छ । स्मार्ट फोन जित्न ग्राहकले उल्लिखित देशबाट २ मिनेट आगमन कलमा कुरा गरेको हुनुपर्नेछ । ब्यालेन्स रिचार्जअन्तर्गत स्मार्ट फोन जित्नका लागि ग्राहकले आफ्नो मोबाइलमा विदेशबाट ब्यालेन्स रिचार्ज प्राप्त गरेको हुनुपर्छ । प्रत्येक साता ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटका आधारमा २१ जना स्मार्ट फोन विजयी ग्राहकको नाम छानिने एनसेलले जानकारी दिएको छ । मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस, यूएईको एतिसलात र डू र साउदीको जेन मोबाइल सेवाप्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका परिवारका सदस्य, आफन्त वा साथीभाइले योजनाको लाभ लिन सक्नेछन् । हरेक साता ग्राहकले प्राप्त गरेको ब्यालेन्स रिचार्जको कुल संख्या र रकमका आधारमा १ जनाले स्मार्टफोन पाउनेछन् । एनसेलले विभिन्न देशमा रहेका नेपालीमाझ चाडपर्वको शुभकामना आदान–प्रदान गर्न र मनोरञ्जनका लागि आउँदो शुक्रबार साँझ ५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्ट आयोजना गर्ने भएको छ । कार्यक्रममा गायक प्रकाश सपुत र गायिका सुनिता दुलालले आ–आफ्ना गीत प्रस्तुत गर्नेछन् भने हास्य कलाकार सुमन कार्की प्रस्तुति पनि रहने एनसेलले बताएको छ । एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा २० रुपैयाँसम्म बोनस प्राप्त गर्नेछन् । विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट बोनस पाइनेछ ।

फिट इन्टरनेसनल बन्यो फेसबुक विज्ञापनको आधिकारिक रिसेलर

फिट इन्टरनेसनल नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलरको बनेको छ। नेपालमा पहिलो पटक भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ ।यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटरहरू र अन्य एजेन्सीहरूका लागि सहज बाटो खोलेको छ। अब नेपाली व्यवसायहरुले स्थानीय ज्ञान, सहयोग र विशेषज्ञताको माध्यमबाट फेसबुकबाट अझ धेरै लाभ लिन सक्नेछन् […]

फिट इन्टरनेशनल बन्यो फेसबुक विज्ञापनको आधिकारिक रिसेलर

काठमाडौं । फिट इन्टरनेशनल नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलरको बनेको छ। नेपालमा पहिलो पटक भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ। यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटरहरू र अन्य एजेन्सीहरूको लागि सहज बाटो खोलेको छ। अब नेपाली व्यावसायहरुले स्थानीय ज्ञान, सहयोग र विशेषज्ञताको माध्यमबाट फेसबुकबाट अझ धेरै लाभ लिन सक्नेछन्।फेसबुक विज्ञापनहरू कुनै पनि व्यवसायको लागि एकदम महत्त्वपूर्ण बनेको छ । अहिलेसम्म यस्ता विज्ञापनहरूको भुक

साइबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाएको अभियोगमा पक्राउ

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाएको अभियोगमा कपिलबस्तु वाणगंगा नगरपालिका-२ घर भई हाल रुपन्देही सैनामैना नगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा बिहीबार प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको प्रहरीले पक्राउ गरेको छ । ती किशोरले नक्कली फेसबुक पेजको म्यासेन्जरबाट आम सर्वसाधारणसँग प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, भोटाहिटी काठमाडौंबाट प्रहरीले कुरा गरेको जस्तो भान पार्ने र आपराधिक लाभ समेत असुल गर्ने नियतका साथ प्रहरीको छविलाई  वदनाम...

साइबर ब्यूरो कै नक्कली फेसबूक बनाएर अपराध गर्ने प्रज्वल पक्राउ

साइबर ब्यूरो कै नक्कली फेसबुक बनाएर अपराध गर्ने एक जनालाई ब्यूरोले कपिलवस्तुबाट पक्राउ गरेको छ । सामाजिक सञ्जालमा बढ्दै गएको अपराधलाई नियन्त्रण गर्न गत बैशाखदेखि स्थापना भएको साइबर ब्यूरो कै लोगो प्रयोग गरेर नक्कली फेसबुक बनाएर आपराधिक लाभ लिएको आरोपमा कपिलबस्तु वाणगंगा नगरपालिका –२ का १८ बर्षीया प्रज्वल पोखरेललाई फागुन १३ गते पक्राउ गरेको ब्यूरोले जनाएको छ ।  ब्यूरोको नक्कली फेसबुकबाट सर्वसाधारणसँग कुराकानी गरेर प्रहरीको बदनाम गरेको भन्दै पक्राउ गरेको हो ।  प्रज्वललाई विद्युतिय कारोबार ऐन–२...

प्रिसिला चानलाई पुत्री लाभ

चर्चित सामाजिक सञ्जाल फेसबुक संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जकरबर्ग पत्नी प्रिसिला चानलाई दोस्रो सन्तानको रुपमा पुत्री लाभ भएको छ । मंगलबार फेसबुकमा पोस्ट राख्दै जकरबर्गले पुत्री लाभ गरेको अफिसियल घोषणा गरेका थिए ।