जनकपुरधाम । अबिरल वर्षाका कारण प्रदेशका प्रमुख नदीमा बाढी आएको छ । कोशी, कमला, बागमती,बालबकैया, जलाध, रातु नदीमा पानीको बहाब उच्च रहेको छ । धनुषा र महोत्तरीको सिमाना भएर बग्ने रातु खोलाको बाँध भत्किएपछि जिल्लाको सदरमुकाम जलेश्वरसहित दक्षिणि क्षेत्रका आधा दर्जन बस्ती डुबानमा परेका छन् । लगातारको वर्षाले खोलामा पानीको बहाव बढेपछि बाँध भत्किएको थियो …