लोसपा नेता ठाकुर र महतोले दिए उम्मेदवारी

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का नेता महन्त ठाकुर र राजेन्द्र महतोले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनबाट यी दुबै नेताले उम्मेदवारी दर्ता गराएका हुन् ।महोत्तरी क्षेत्र ३ बाट लोसपाका अध्यक्ष महन्त ठाकुर र सर्लाही क्षेत्र २ बाट महतोले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी ठाकुरसँगै प्रदेश सभामा लोसपाबाट अभिराम शर्मा र रानी शर्माले उम्मेदवारी मनोनयन गराएका छन् ।त्यस्तै महतोसँगै सोही क्षेत्रबाट नेपाली कांग्रेसको जगीलाल राय (क)मा र (ख) मा लोसपाका मेथुर चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।&

सम्बन्धित सामग्री

जनकपुर विमानस्थलमा विमलेन्द्र निधिलाई अनिल झाले गरे स्वागत

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी जनकपुरधाम आएपछि विमानस्थलमै पुगेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिल झा स्वागत गरेका छन् । लोसपा नेता झा धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धनको तर्फबाट उनी उम्मेदवार बनेकाले विमानस्थलमै पुगेर नेता निधिको स्वागत गरेका छन् । उम्मेदवार झासँगै निधिको स्वागतका लागि लोसपा […]

सर्लाही २ मा सत्तारुढ गठबन्धनको साझा उम्मेदवार यादव

सत्तारुढ गठबन्धनले सर्लाही २ मा आधिकारिक उम्मेदवार महिन्द्रराय यादव भएको जनाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी सत्तारुढ गठबन्धनमा सहभागी भए पनि सर्लाही २ मा लोसपा नेता राजेन्द्र महतो र माओवादी केन्द्रबाट महिन्द्र राय यादवले उम्मेदवारी दर्ता गरेका थिए ।

जुली महतो र अनिल झा : धनुषा ३ मा कसको पल्ला भारी ?

२४ असोज, जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ मा यसपटक दुई पक्षीय प्रतिस्पर्धाको सम्भावना छ । पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता अनिल झा र विपक्षी गठबन्धन नेकपा एमालेबाट नेतृ जुलीकुमारी महतोको उम्मेदवारी परेको छ । यी दुबै निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । जुली यस क्षेत्रका लागि नयाँ अनुहार होइनन् । २०७० को दोश्रो […]

उम्मेदवारी दर्ता गर्दै कर्णले भने– यो मेरो अन्तिम लडाई हो

सत्ता गठबन्धनका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्णले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिने क्रममा लोसपा नेता कर्णले यो अन्तिम लडाई भएको बताएका छन् । ‘राम नाम जप्ने बेलामा पनि तपाई उम्मेदवारी दिँदै हुनुहुन्छ युवाले कहिले अवसर पाउने ?’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा  लोसपा नेता कर्णले यसपटक आफ्नो उम्मेदवारी अन्तिम पटक भएको टिप्पणी गरेका थिए । ‘यसपछि युवाले पालो पाउँछ, मेरो यो अन्तिम पटकको उम्मेदवारी हो&rs

टिकट नपाएपछि कांग्रेस नेता अजय कुमार द्विवेदीले दिए स्वतन्त्र रुपमा उम्मेदवारी

वीरगंज : नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सभापति अजय कुमार द्विवेदीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्। पार्टी परित्याग गर्दै पर्सा १ बाट द्विवेदीले प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन्। कांग्रेसको पारिवारिक पृष्ठभूमि रहेका द्विवेदीले लोसपा नेता लक्षमणलाल कर्णलाई सत्तारुढ गठबन्धनले टिकट दिएपछि आफू स्वतन्त्रमा उठ्ने निर्णयमा…

लोसपा नेता अनिल झाले धनुषा ३ बाट गराए मनोनयन दर्ता

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले मनोनयन दर्ता गराएका छन्। झाले धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि मनोनयन दर्ता गराएका हुन्। त्यस्तै, धनुषा क्षेत्र नम्बर ३ (क) बाट नेपाली कांग्रेसका रामसरोज यादव र ३ (ख)बाट लोसपाका प्रमेश्वर साहले उम्मेदवारी दिएका छन्।