कांग्रेसलाई उम्मेदवार टुङ्गो लगाउन सकस, तालमेलको निर्णय भएको ठाउँमा विवाद कायमै

काठमाण्डाै - नेपाली कांग्रेसलाई महानगरपालिकाको उम्मेदवार टुङ्गो लगाउन सकस भएको छ । एकातिर गठबन्धनको निर्णयअनुसार आफ्नो भागमा परेको मेयर र उपमेयर टुङ्गो लगाउन समस्या छ भने अर्कोतिर अरु दलको भागमा परेको ठाउँमा स्थानीय कार्यकर्ताको विरोध कायमै छ । काठमाण्डौको मेयरका उम्मेदवार सिर्जना सिंहको नाममा सहमति भए पनि ललितपुर र विराटनगरको मेयरमा निर्णय हुन बाँकी छ ।  विराटनगर महानगरपालिकाको मेयर उम्मेदवारमा कुरा नमिलेपछि शनिवार राति अबेरसम्म बसेको कांग्रेस शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको छ । विर...

सम्बन्धित सामग्री

ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय

काठमाडौंः जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने भएको छ। केन्द्रीय कार्यकारिणी समितिको शुक्रबार बसेको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्ष अब्दुल खानले बताए। उनले भने, “पार्टीका तर्फबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको हो, गठबन्धन दलसँग छलफल भएको छैन।” जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज ५३…

उपराष्ट्रपतिमा यादवलाई उम्मेदवार बनाउने जसपाको निर्णय

काठमाडौ – जनता समाजवादी पार्टी नेपाल, (जसपा) ले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले कार्यकारिणी समिति सदस्य यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको कार्यकारिणी सदस्य शिवलाल थापाले जानकारी दिए । रामसहायप्रसाद यादव गएको मङ्सिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ […]

ताप्लेजुङमा योगेश भट्टराईलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं, २१ असोज । नेकपा (एमाले) ले ताप्लेजुङमा सचिव योगेश भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले १० भाइलाई अध्यक्ष ओलीले पेलान गरेको अवस्थामा भट्टराईलाई भने टिकट दिएका छन् । यसअघि भीम रावललाई एमालेले टिकट दिने भनेको थियो । तर, अन्तिममा अध्यक्ष ओलीकै आग्रहमा रावललाई उम्मेदवार नबनाउने निर्णय भएको छ । पछिल्लो सचिव भट्टराई […]

आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भाजपाको निर्णय

८ असार, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)ले आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । भाजपाका अध्यक्ष जेपी नड्डाले मंगलबार मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गरेर यसको जानकारी दिएका छन् । मुर्मु झारखण्डको पूर्वराज्यपाल हुन् । चुनाव जितेमा […]

प्रदेशसभा सदस्यहरूलाई स्थानीय तहको उम्मेदवार नबनाउने एमालेकाे निर्णय

काठमाडौँ । नेकपा एमालेले प्रदेशसभा सदस्यहरूलाई स्थानीय तहको उम्मेदवार नबनाउने निर्णय गरेको छ । बिहीबार बालकोटमा बसेको सचिवालय बैठकले सिफारिस भएर आएका प्रदेशसभा सदस्यहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको हो । एमालेको यो निर्णयपछि पोखरा महानगरपालिकाको मेयरमा दाबी गरेका कृष्ण थापा र राजीव पहारी उम्मेदवार बन्न नपाउने भएका छन् । महानगरको मेयरका लागि थापा र पहारीसहित […]

दाङमा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै वडामा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।  आइतबार घोराहीमा बसेको पाँच दलीय गठबन्धनको बैठकले साझा उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काँग्रेसका  सभापति शङ्कर डाँगीले जानकारी दिए ।पाँच दलीय गठबन्धनको संयुक्त बैठकले जिल्लाबाट पाँच दलीय चुनावी प्रतिवेदन तयार पारी पठाएको छ । प्रतिवेदनमा गठबन्धनअनुसार साझा उम्मेदवार प्रस्तुत गर्नसके जिल्लाका दशवटै पालिका र १०० वडामा जित्ने दाबीसहित यथार्थ रुपमा वस्तु स्थिति

गृहमन्त्री थापालाई उम्मेदवार बनाउने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौं : नेकपा एमालेले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई  उम्मेदवार बनाउने निर्णय गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको एमाले स्थायी कमिटीको बैठकले  बादललाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले पार्टी कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए। माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादललाई नै एमालेले राष्ट्रियसभा उप निर्वाचनमा उम्मेदवार बनाएको हो। पहिले पनि थापाले नै