दाङमा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै वडामा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।  आइतबार घोराहीमा बसेको पाँच दलीय गठबन्धनको बैठकले साझा उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काँग्रेसका  सभापति शङ्कर डाँगीले जानकारी दिए ।पाँच दलीय गठबन्धनको संयुक्त बैठकले जिल्लाबाट पाँच दलीय चुनावी प्रतिवेदन तयार पारी पठाएको छ । प्रतिवेदनमा गठबन्धनअनुसार साझा उम्मेदवार प्रस्तुत गर्नसके जिल्लाका दशवटै पालिका र १०० वडामा जित्ने दाबीसहित यथार्थ रुपमा वस्तु स्थिति