बर्डफ्लुको संक्रमण बढेपछि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं (अस) । चराचुरुंगी तथा पन्छीजन्य रोग बर्डफ्लुको संक्रमण बढ्दै गएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पोल्ट्री व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सरकारले संक्रमण नियन्त्रणका लागि उचित कदम चाल्न नसक्दा करीब २ महीना अवधिमा १३ ओटा जिल्लामा बर्डफ्लुको संक्रमण फैलिसकेको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष बर्डफ्लुको संक्रमण बढेको बताए । मन्त्रालय र पशुसेवा विभागले आकलन गरेको भन्दा व्यापक रूपमा संक्रमण दर फैलिएकाले उच्च सतर्कता अपनाउनुपर्ने उनले बताएका छन् । संक्रमण दर दिनप्रतिदिन बढ्दै गए पनि संक्रमण तत्काल रोक्न जनशक्ति र बजेटको अभाव रहेको उनले बताए । संक्रमण रोकथाम तथा क्षतिपूर्तिका लागि विभागसँग यस वर्ष १ करोड २१ लाख रुपैयाँ बजेट छ । तर हालको संक्रमणको अवस्था हेर्दा यसको नियन्त्रणका लागि १० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । विभागका अनुसार हालसम्म काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, सिन्धुपाल्चोक, कास्की, मोरङ, उदयपुर, सुनसरी, बारा, पर्सा र धनुषामा बर्डफ्लुको संक्रमण पुष्टि भइसकेको छ । विभागले सूचना जारी गर्दै संक्रमण भेटिएका स्थानबाट अन्य स्थानमा पशुपन्छी तथा मासुको ओसारपसार नगर्न र सम्पूर्ण पोल्ट्री व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका प्रवक्ता डा. चन्द्र ढकालले संक्रमण ठूला फार्महरूमा व्यापक रूपमा फैलिरहेकाले थोरै जनशक्तिले काम गर्न समस्या भइरहेको बताए ।

सम्बन्धित सामग्री

हैजा नियन्त्रणमा महानगरको सतर्कता

काठमाडौं, असार १३ । राजधानीमा हैजा फैलिएपछि उपत्यकाका दुई महानगरपालिकाले उच्च सतर्कता अपनाएको छ । काठमाडौं र ललितपुर महानगरपालिकाले विशेष स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दै दूषित पानी र अस्वस्थ खाना नखान सर्वसाधारणमा अपिल जारी गरेको छ । आइतबार १२ जनामा हैजा संक्रमण देखिएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चमनलाल दासका अनुसार […]

हैजा नियन्त्रणमा महानगरको सतर्कता

काठमाडौं ।  राजधानीमा हैजा फैलिएपछि उपत्यकाका दुई महानगरपालिकाले उच्च सतर्कता अपनाएको छ । काठमाडौं र ललितपुर महानगरपालिकाले विशेष स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दै दूषित पानी र अस्वस्थ खाना नखान सर्वसाधारणमा अपिल जारी गरेको छ । आइतबार १२ जनामा हैजा संक्रमण देखिएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चमनलाल दासका अनुसार हालसम्म १७ […]

हैजा नियन्त्रणमा महानगरको सतर्कता

काठमाडौं । राजधानीमा हैजा फेलिएपछि उपत्यकाका दुई महानगरपालिकाले उच्च सतर्कता अपनाएका छन् । काठमाडौं र ललितपुर महानगरपालिकाले विशेष स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दै दूषित पानी र अस्वस्थ खाना नखान सर्वसाधारणलाई अपिल जारी गरेको छ । आइतबार १२ जनामा हैजा संक्रमण देखिएको थियो । इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चमनलाल दासका अनुसार हालसम्म १७ […]

चार प्रदेशका १३ जिल्लामा र्डफ्लूको संक्रमण, उच्च शतर्कता अपनाउन आग्रह

गत माघमा पहिलोपटक देखिएको बर्डफ्लू मुलुकका १३ जिल्लामा फैलिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उच्च सतर्कता अपनाउन कृषकहरुसँग आग्रह गरेको छ । विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका गरी १३ जिल्लाहरुमा संक्रमण देखिएको जानकारी दिनुभयो । संक्रमण फैलिने अवस्थामा देखिएको छ, संक्रमण देखिएको ठाउँमा परीक्षण, निसंक्रमण र कुखुरा …

कोरोना संक्रमितलाई हौसला दिन घरदैलोमा उपाध्यक्ष

कोरोना कहरको पहिलो चरणमा सचेतना कार्यक्रम लिएर जनताको घरदैलोमा पुगेकी उपाध्यक्ष बुढाले दोस्रो लहरमा संक्रमितलाई भेटेर कोरोना संक्रमण फैलन नदिनको लागि उच्च सतर्कता अपनाउन आग्रह गरिन्।