कोभिड त्रास: वीरगञ्ज नाकामा उच्च सतर्कता अपनाइँदै

भारतमा पछिल्लो पटक कोरोना भाइरसको संक्रमण देखापरेपछि सोको रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ।

सम्बन्धित सामग्री

डेङ्गुविरुद्ध उच्च सतर्कता

नेपालगञ्ज, ५ साउन । भारतसँग सीमा जोडिएको नेपालगञ्ज उपमहानगरपालिकामा डेङ्गु रोगविरुद्ध उच्च सतर्कता अपनाइएको छ । उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले अहिलेसम्म नेपालगञ्जमा कसैलाई पनि डेङ्गु पुष्टि नभएको उल्लेख गर्दै सीमापारि र अन्य जिल्लामा देखिएकाले उच्च सतर्कता अपनाइएको जानकारी दिए । महाशाखाले मलेरिया र डेङ्गु फैलिन नदिनसमेत सचेत भएकाले नेपाल–भारत जमुनाहा नाकामा ज्वरोका बिरामी […]

डढेलो नियन्त्रणका लागि उच्च सतर्कता

गर्मी याम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन्।...

वीरगञ्ज नाकामा उच्च सतर्कता

काठमाडौँ,१५ पुष । भारतमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण देखापरेपछि सोको रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता अनपाउन थालिएको छ । भारतमा कोभिड सङ्क्रमित दैनिक बढिरहेकाले त्यहाँबाट वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन थालिएको हो । कोरोना भाइरसको सङ्क्रमण छिमेकी देशमा फैलिरहेको र त्यसलाई यहाँ भित्रिन नदिन उच्च सतर्कता अपनाउनुपर्ने देखिएकाले मुख्य […]

युगान्डामा इबोला फैलिन नदिन उच्च सतर्कता

राष्ट्रपति योवेरी मुसेवेनीले कम्पालामा यो भाइरसको सङ्क्रमण र फैलावटको अधिक सम्भावना रहेको भन्दै यस सहरमा उच्च सतर्कता अपनाइएको बताए।

ओमिक्रोन भेरियन्ट भित्रिन नदिन भारतले उच्च सतर्कता अपनाउने

कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन भारतमा भित्रिन नदिन सरकारले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।

नारायणीमा पानीको बहाव बढ्यो : उच्च सतर्कता अपनाउन आग्रह

नारायणी नदीले सतर्कता तह पार गरेपछि नदी तटीय क्षेत्रका जिल्लावासीलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले आग्रह गरेको छ । नारायणी नदीले देवघाटस्थित बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो । प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीले नदी तटीय क्षेत्रका बासिन्दाले आज रातिसम्म उच्च सतर्कता अपनाउनुपर्ने बताए । “नारायणी नदीमा पानीको बहाव बढ्दै गएको छ,”

मेचीनगरमा उच्च सतर्कता

झापा, १५ बैशाख । नाकाबाट हुने आवतजावतबाट कोभिड–१९ को सङ्क्रमण नफैलियोस् भनेर मेचीनगर नगरपालिकाले उच्च सतर्कता अपनाउँदै सरोकारवाला सङ्घसंस्थासँग मिलेर विभिन्न रोकथामका प्रयास थालेको छ । नगरका प्रमुख विमल आचार्यले यातायात व्यवसायी, मजदुर सङ्घसङ्गठन, वित्तीय संस्था र व्यवसायीसँग मङ्गलबार यस विषयमा छलफल गरे । छलफलमा सरोकारवाला संस्थाका प्रतिनिधिले नाकामा थप कडाइ गर्न, होल्डिङ सेन्टर व्यवस्थित […]

बर्डफ्लूप्रति उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लू रोगप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेष गरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले मातहतका सात वटा सीमानाका कार्यालयलाई बुधबार पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरे कुखुराजन्य वस्तुको आयातमा रोक लगाउँदै उच्च सतर्कता अपनाउन नाकामा रहेका क्वारेन्टाइन कार्यालयलाई निर्देशन दिइएको जानकारी दिए । “नेपालमा भारतको हिमाचल प्रदेशबाट बर्डफ्लू भित्रिने सम्भावना उच्च रहेको छ । सङ्क्रमणलाई ध्यानमा राख्दै केही समय हिमाचलसँगै भारतबाट भित्रिने कुखुराजन्य प्रजातिका वस्तुको आयातमा रोक लगाइएको हो” उनले भने । उनका अनुसार सीमानाका कार्यालयसँगै मन्त्रालयले तराईका केही जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउनसमेत आग्रह गरेको छ । “खुला सीमानाका हुँदा सीमाभन्दा बाहिरबाट समेत कुखुरा भित्रने सम्भावना उच्च रहेको छ, बर्डफ्लू नियन्त्रण आदेशको अधिकार प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीलाई सम्पर्कमा बस्न आग्रह गरिएको हो” उनले भने । मन्त्रालयले काँकडभिट्टा, वीरगञ्ज, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, कैलाली तथा गड्डाचौकी नाका, प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे प्राविधिक तथा अन्य स्रोतसाधनको प्रयोग र थप जनशक्ति माग गर्न विशेष निर्देशन दिएको हो । मन्त्रालयले भारतबाट कुखुरा आयात गर्ने व्यवसायीलाई समेत उच्च सतर्कतामा रहन आग्रह गरेको छ । नेपालमा बर्डफ्लू सङ्क्रमण भित्रन नदिन केही समय कुखुरा आयातमा रोक लगाइएको जनाउँदै व्यवसायीलाई समेत सतर्कता अपनाउन आग्रह गरिएको प्रवक्ता घिमिरे जानकारी दिए । मन्त्रालयअन्तर्गत देशभर १६ पशु क्वारेन्टिन कार्यालय छन् । देशभर कतै ठुलो परिमाणमा कुखुरा मरे वा शङ्कास्पद लक्षण देखिए तुरुन्त मन्त्रालय वा नजिकैको कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले कृषकलाई आग्रह गरेको छ । भारतको मध्यप्रदेश, केरला, राजस्थान र हिमाचल प्रदेशमा बर्डफ्लू पुष्टि भएको बताइएको छ ।

बर्ड फ्लुसम्बन्धी उच्च सतर्कता अपनाउन कृषि मन्त्रालयको आग्रह

काठमाण्डौ - कृषि तथा पशुपंक्षी मन्त्रालयले बर्ड फ्लुसम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।  भारतका विभिन्न ठाउँमा बर्ड फ्लु सङ्क्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता अपनाउन  मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले मातहतका सातवटा सीमानाका कार्यालयलाई बुधबार पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरे कुखुराजन्य वस्तुको आयातमा रोक लगाउँदै उच्च सतर्कता अपनाउन नाकामा रहेका क्वारेन्टाइन कार्यालयलाई निर्देशन दिइएको जानकारी दिनुभयो  ।  ...