काठमाडौँ : ओशोधारा नेपालले दोस्रो तहको सुरति योग कार्यक्रम ध्यान, समाधि र परमतत्वसँगको साक्षात्कारको अनुभूतिसहित सम्पन्न गरेको छ। ओशोधाराले यही माघ २६ गतेदेखि २८ गतेसम्म काठमाडौँमा शिविर आयोजना गरेको हो।सांसारिक भागदौड, प्रतिष्पर्धा र तनावले भरिएको जीवनमा मात्र तीन दिनको सुरति योगले जीवन र जगतलाई बुझ्ने मात्र नभएर अनुभूतिका आधारमा शान्त, संयम, प्रफुल्ल भएर जीवनप्रति धन्यवाद व्यक्त गर्ने भएको शिविरमा सहभागीमध्येकी एक पम्फा पाण्डेले बताइन्।जीवनलाई देख्ने, सोच्ने र अनुभूति गर्ने शैली नै थाहा नरहेको