कैलाली । डोटी आदर्श गाउँपालिका–१ बस्ने वर्ष ४२ का लोकबहादुर खड्का कोरोना महामारीका कारण बेरोजगार भएका छन् ।भारतको राजस्थानमा चौकीदारी गर्दै आएका खड्का त्यहाँ कोरोना संक्रमण तीव्र भएसँगै बेरोजगार भएका हुन् । कोरोना संक्रमण दर बढेको भन्दै त्यहाँको सरकारले लकडाउन गर्दा रोजगारी गुमेर नेपाल आउनुपरेको उनले बताए ।‘बजारको चौकीदारी गर्थेँ, मासिक १२ हजार भारु कमाइ हुन्थ्यो,’ उनले भने, ‘मेरै कमाइले ५ जनाको परिवार पालिन्थ्यो, तर अब परिवारलाई कसरी पाल्ने भन्ने चिन्ता लाग्न थालेको छ ।&